Live Streaming

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, राष्ट्रपति एमाले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय बालकोट बैठकले गरेको छ। बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।  

चार पार्टीको बैठक अघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि सत्ता सहकार्य गर्ने समझदारी भएको थियो ।

आफैँ प्रधानमन्त्री हुने गृहकार्यमा लागेका प्रचण्ड बालुवाटारको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि ओली निवास बालकोट पुगेका थिए । बैठक सहमति जुटेको र हस्ताक्षर सहितको निर्णय राष्ट्रपति कारर्यालय पठाउने गरी बालकोट मै गृहकार्य भएको छ । 

यो सँगै निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ ।