Live Streaming

विनायक सिद्ध कलेजको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

काठमाडौं । विनायक सिद्ध कलेजले कक्षा ११ र स्नातक तह पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण हुने बिद्यार्थीहरु र कलेजको निम्ती उल्लेखनीय भुमिका निर्वाह गर्ने शिक्षकरुलाई सम्मान गरेको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशाल समारोहका बिच कलेजले स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका महामन्त्री, पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सांसद गगन कुमार थापाले, “छोटो समयमा नै विद्यार्थीहरूलाई सफल शिक्षा दिन सफल विनायक सिद्ध कलेजले भोलिका दिनमा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।” कार्यक्रममा बोल्दै उहाँले,”यहाँ पनि मिलेन, त्यहाँ पनि मिलेन, यो पनि भएन, त्यो पनि भएन भने तपाईं जीवनभरी कम्प्लेन मात्रै गर्नु भयो भने तपाईंको जीवन कम्प्लेनमै टुंगिन्छ । जिन्दगीमा कम्प्लेन गर्ने कुरा जहिले पनि हुन्छ । मेरो क्लास १ मा पढ्ने छोरीको पनि कम्प्लेन छ, मेरो आमाको पनि कम्प्लेन छ तर हामी टुङ्याउने कहाँनीर भन्ने बताउनुभयो । ”

क्याम्पस प्रमुख राम कृष्ण सिंखडाले,“छोटो समयमा नै प्रत्येक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस विनायक सिद्ध कलेजले निकट भविष्यमा नै विभिन्न विश्वविद्यालयहरूको सहकार्यमा BBA, BSC, CSIT, BIT, BBM, BIM, BHM, BCA लगायत Masters Degree स्नातकोत्तरका विभिन्न संकायहरू थप गरि कलेजको शैक्षिक उन्नयनमा र स्तरोन्नतीमा अझै बढि फड्को मार्नमा कुनै कसर बाँकि नराख्ने बताउनुभयो । क्याम्पस प्रमुख सिंखडाले, ‘निकट भविष्यमा नै कलेजको आफ्नै सुविधा सम्पन्न भवनबाटै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ठूलो सपना रहेको बताउँदै भविष्यमा आफ्ना विद्यार्थीहरूलाई विदेशी विद्यार्थीहरू सँग प्रतिस्पर्धा गराउने उद्देश्यले ‘Study Access Learn planning program’ गर्ने महत्वकाङ्क्षी योजना रहेको बताउनुभयो ।

त्यस्तै, विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले,’शिक्षा संगसंगै विद्यार्थीहरूका लागी अनुशासनमा ध्यान दिइ आफ्ना सीप, कला, क्षमता, दक्षता र योग्यता सँगै गुणस्तरीय शिक्षाका निमित्त विनायक सिद्ध कलेजको विकल्प नभएको बताउनुभयो ।’

कार्यक्रमको सभापतिका रूपमा विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईं रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व स्वास्थ्यमन्त्री, काठमाडौं क्षेत्र-४ का सांसद, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा रहनु भएको थियो । त्यस्तै, विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी, काठमाडौं महानगरपालिका वडा नं-७ का वडाअध्यक्ष विमल होडा, विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख राम कृष्ण सिंखडा रहनु भएको थियो भने अतिथिका रूपमा विभिन्न विद्यालय तथा कलेजका प्रमुख व्यक्तित्वका साथै, अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको आकर्षकका रूपमा कमेडियन तथा उत्प्रेरक सन्दिप क्षेत्री तथा गायक शाश्वत खड्का हुनुहुन्थ्यो । त्यस्तै, विनायक सिद्ध कलेजमा योगदान पुर्याउने शिक्षक शिक्षिकालाई प्रमुख अतिथिबाट प्रशंसा पत्र तथा कदर पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम २५ सय भन्दा बढि विद्यार्थीहरूको उपस्थितिका बिचमा सम्पन्न भएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिका साथै, सांगितिक, नृत्य गायन लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विनायक सिद्ध कलेजले कक्षा ११, १२ मा Management , Humanities , science , Education , LaW लगायतका विषयहरूमा उत्कृष्ट शिक्षा सहित उत्कृष्ट नतिजाका साथमा निरन्तर संचालित रहदै आएको छ भने स्नातक तर्फ BA BBS BSW लगायतका कोर्षहरु संचालन गर्दै आइरहेको छ