Live Streaming

नाटक "ज्ञानको चिहान" शिल्पी थिएटरमा भोलीदेखी मञ्चन हुने

नाटक "ज्ञानको चिहान" बत्तिसपुतलि स्थित शिल्पी थिएटरमा भोलीदेखी मञ्चन हुने भएको छ । पौष  ३०  गतेसम्म मञ्चन हुने नाटकलाई माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलासी प्रोडक्सनले प्रस्तुत गर्न लागेको हो ।

सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले, निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई  संगीत सापकोटाले निर्देशन गरेका हुन् ।  

नाटकको कथा पूर्ण बहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार  पारेका छन् । नाटकमा श्रवन सिंह राना मगर, सौभाग्य सिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नत जङ्ग उप्रेती, नवीन अर्याल, दीपेश  काफ्ले, सन्जित प्रताप मल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, आनन्द मह्त, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्ण बहादुर गन्दर्व, शंकर पोख्रेलको अभिनय रहेको छ ।

नाटक मंगलबार बाहे हरेक दिन बेलुका ५:३० बाट सुरु गरिने छ भने शनिबार दुई शो १ बजे र ५:३० मा मंचन हुने छ ।