Live Streaming

ओली-प्रचण्डको तुस मेटिसकेको छैनः शेरबहादुर तामाङ (भिडियो वार्ता)

काठमाडौं ।  नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच विगतदेखि तुस मेटिनसकेको बताएका छन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा कानी गर्दै तामाङले भने,'अहिले सरकार नै नबन्ने अवस्थामा निकास दिइएको हो, विगतमा लगाइएको १९ पृष्ट आरोपलगायतका विषय कार्यकर्ता तहमै थाहा हुने गरी विस्तारै खुल्नेछ।' ​​​​​​​

सरकारले अब बनाउने न्युनतम साझा कार्यक्रम एमालेले घोषणापत्रमा उल्लेख गरेका २० ग्यारेन्टी वरिपरी रहेर तयार हुने उनले बताए। जनतालाई रोजगारी दिने विषयलाई अध्यक्ष ओलीले मुख्य प्राथमिकता दिने उनले उल्लेख गरे।

अबको राष्ट्रपति, सभामुख र ५ प्रदेशका मुख्यमन्त्रीमा एमालेको दाबी रहने उनले बताए। राष्ट्रपतिमा चर्चामै रहेका सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यलगायतको सम्भावना रहेको उनले बताए। एमाले अध्यक्ष केपी ओली नै राष्ट्रपति बन्ने सम्भावनाबारेको जिज्ञासामा तामाङले भने,'हामी ओलीलाई कार्यकारी भूमिकामा नै देख्न चाहान्छौँ। बाँकी उहाँकै विचार।'