Live Streaming

यस वर्षको लेखनाथ प्रतिभा पुरस्कार चक्रबहादुर रावललाई प्रदान

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको लेखनाथ प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट २०७६ सालकाे स्नातकोत्तर तहमा नेपाली विषयमा सर्वाेत्कृष्ट अंक प्राप्त गर्नुहुने चक्रबहादुर रावललाई प्रदान गरेको छ ।

नेपाली शिक्षा परिषदमा आज आयोजित एक समारोहका बिच लेखनाथ साहित्य सदनमा रहेको कवि शिरोमणि लेखनाथ पौडेलको शालिकमा माल्यापर्ण सँगै पुरस्कार वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै,’नेपाली शिक्षा परिषद् का अध्यक्ष रमा शर्माले कवि शिरोमणि लेखनाथ पौडेलले यस समाजमा पुर्याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको बारेको चर्चा गर्नुभयो ।

कार्यक्रममा सभापतिका रूपमा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा कवि मुकुन्द शर्मा चालिसे रहनुभएको थियो ।

कार्यक्रममा खोलाघरे साहिँलाद्वारा रचित वविता संग्रह विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।