Live Streaming

चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं  । गृहमन्त्री रवि लामिछानेले चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र  प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । 

गृहमन्त्री लामिछानेले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था बुझ्न सोमबार बिहान प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भर्चुअल बैठक गर्नुभएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले गृहमन्त्री लामिछानेले सहज ढंगले जनताको काम गर्न सीडीयो र सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको अन्नपूर्णपोस्ट्लाई जानकारी दिनुभएको । उहाँले, ‘गृहमन्त्री ज्यूले मुलुकमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभयो ।’