Live Streaming

पेन नेपाल र बंगलादेश साझा कविता गोष्ठी सम्पन्न

काठमाडौं । पेन नेपालको आयोजनामा पेन बंगलादेशकि कोषाध्यक्ष तथा साहित्यकार साकिरा प्रविन सुमालाई स्वागत तथा कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । 

अन्नपूर्ण रेडियो स्टेशनको सभा कक्षमा सम्पन्न एक कार्यक्रमका बिच स्वागत तथा कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै पेन नेपालका अध्यक्ष राम कुमार पाडेले, नेपाल र बंगलादेश बिचको पारस्परिक सम्बन्धलाई भावनात्मक रूपमा एकआपसमा संस्कृति तथा भाषा साहित्यलाई आदानप्रदान गर्न सकिने बताउनुभयो । साथै, उहाँले नेपाल र बंगलादेशको सम्बन्ध भौगोलिक अवस्था,जीवनशैली, हावापानी र कला संस्कृतिले समेत मिल्दोजुल्दो रहेको बताउनुभयो । 

त्यस्तै, पेन बंगलादेशकि कोषाध्यक्ष तथा साहित्यकार साकिरा प्रविनले, नेपाल र बंगलादेश बिचको सम्बन्धलाई भाषा साहित्य संस्कृतिले थप प्रगाढ बनाउन सकिने बताउनुभयो । साहित्यले संसारभरिका मानवहरूलाई विश्वबन्धुत्वको भावनामा बाँध्ने समेत उहाँले बताउनुभयो । 

कार्यक्रममा पेन नेपालका अध्यक्ष प्रा. राम कुमार पाँडे, सचीव भीष्म उप्रेती, कोषाध्यक्ष शिरोमणि दवाडी, डा. मित्रबन्धु पौडेल, डा. दामोदर पुडासैनी, रुप सिह भण्डारीले मन्तव्य सहित अंग्रेजी कविता बाचन समेत गर्नुभएको थियो ।