Live Streaming

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहन्छ,सरकारमा जाने नजाने निर्णय हुदैँछ : सोमप्रसाद पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई समर्थन रहने बताउनु भएकाे छ । 

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै पाण्डेले राजनीतिमा हिजो के भएको थियो भन्दा पनि अब कता लाने भन्ने मुख्य विषय भएकाले मुलुकको हितका लागि एमाले नेतृत्वमा बनेको गठबन्धनलाई पूरै कार्यकाल टिक्न दिने गरी निर्णय गरिने बताउनु भयाे । 

कांग्रेससँग सहकार्यको ढोका बन्द भइसकेको घोषणा गर्दै पाण्डेले, 'प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहन्छ। तर सरकारमा जाने नजाने विषय विचार गरेर मात्रै निर्णय हुन्छ।'
 
माधव नेपाललाई राष्ट्रपति दिए मात्र प्रचण्डलाई समर्थन दिने रे नि भन्ने प्रश्नमा पाण्डेले,'नेकपा एकीकृत समाजवादीले पदमा बार्गेनिङ गर्दैन, तर राष्ट्रपतिका लागि देशभर भोटिङ गर्ने हो भने समकालीन नेतृत्वमा माधव नेपाल सबैभन्दा इमानी र लोकप्रिय नेता हो । राष्ट्रपतिमा उहाँको चर्चा र दावि स्वाभाविक छ।'

माओवादी पार्टीसँग तत्कालै एकता नहुने तर उपेन्द्र यादव नेतृत्वको जसपासँग भने एकताको विषयमा वार्ता भने भएको उहाँले खुलाउनु भयो । नेतृत्वबीच कुरा मिले एमालेसँग पनि एकतालाई नकार्न नसकिने पाण्डेले बताउँनुभयाे । उहाँले, 'विगतमा के भयो र कसो भयो भनेर प्रतिशोध लिने हैन मुलुकलाई एकढिक्का भएर अघि बढाउन बामपन्थी एक ठाउँमा आउन पर्छ । ४८ प्रतिशत बामपन्थी मत रहेको मुलुकमा बामपन्थी छिन्नभिन्न हुनु राम्रो हैन।' हेर्नुहोस् पाण्डेसँग गरिएको कुराकानी।