Live Streaming

चेल्सी इन्टरनेशनल एकेडेमीद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने प्रतिष्ठित व्यक्तिलाई अभिनन्दन

काठमाडौँ । चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान तथा अभिनन्दन गरेको छ । सरस्वती पूजा (श्रीपञ्चमी)का अवसरमा एकेडेमीले एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद, समाजसेवा, वातावरण, सामाजिक सुरक्षालगायतका करिब २५ भन्दा बढी विभिन्न विधामा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा शिक्षा तर्फ प्रा.डा. विद्यानाथ कोइराला रहनु भएको छ । भने, सञ्चारतर्फ राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, सञ्चार उद्यमी समिरकुमार नेपाल तथा साहित्य विधामा पद्मश्री साहित्य पुरस्कार विजेता नयनराज पाण्डे, साहित्यकार धीरेन्द्र प्रेमर्षी रहनुभएको छ ।

 

शैक्षिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने प्रचण्डजङ्ग शाह, कमलादेवी श्रेष्ठ, शिक्षाविद् लवदेव अवस्थी, डा.अनिलकुमार मिश्र, फुटबल प्रशिक्षक राजुकाजी शाक्य, वन तथा वातावरणविद् डा. विनोद भट्ट, प्रोफेसर बालचन्द्र लुइँटेल, अनुसन्धानकर्ता राम रिमाल र लक्ष्मण रिमाल लगायत करिव ५० जनाभन्दा बढि व्यक्ति सम्मानित हुनुभएको छ ।

त्यसैगरी युवा नेता राप्रसाद सापकोटा, किशोर मल्ललाई सम्मान गरिएको छ । सम्मानित सबैलाई दोसल्ला र कदरपत्रद्वारा संस्थाका अध्यक्ष आनन्द आदित्य, प्रिन्सिपल डा. सुधीरकुमार झा लगायतले सम्मान गर्नुभएको हो । सो अवसरमा प्रा.डा. विद्यानाथ कोइरालाले सरस्वतीको महत्व बताउदैँ विद्या आर्जन गरेर कहिल्यै पनि नसकिने बताउनुभयो ।

त्यस्तै, राससका कार्यकारी अध्यक्ष झाले पेशागत व्यावसायिकता इमान्दारीपूर्वक निर्वाह गरेकामा एकेडेमीले सम्मान दिएर थप जिम्मेवारी बढाएको बताउनुभयो । साहित्यकार पाण्डेले शैक्षिक क्षेत्रमार्फत नेपालको उन्नयनमा उल्लेखनीय भूमिका खेलेको शैक्षिक संस्थामार्फत सम्मानित हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो ।

सन् २००५ मा स्थापित चेल्सी इन्टरनेशनल एकेडेमीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत रहेर ‘ए लेभल’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने, नेपालकै शैक्षिक कार्यक्रम पूर्व प्राथमिक र माध्यमिक विद्यालय तहलाई पठनपाठन गर्दै आइरहेको छ । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।