Live Streaming

रविलाई बोकेर प्रचण्डले कुशासनको भारी बोक्न चाहदैँन थिए : अछामी (भिडियोसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गोपीबहादुर अछामीले रवि लामिछाने नेतृत्वको 'राष्ट्रिय स्वतन्त्र पार्टी'ले सरकार छाडेकै भरमा सरकार नढल्ने दाबी गरेका छन् ।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै अछामिले रविलाई फेरि गृह मन्त्रालय दिएर प्रचण्ड नेतृत्वको सरकारले कुशासनको भारी बोक्न नचाहेकै कारण उनी सरकार बाहिर गएको बताए ।

'फेरिएको परिस्थितीपछि प्रचण्ड नेतृत्वको सरकारसँग दुई विकल्प थिए । रवि रोज्ने कि सुशासन । प्रचण्डले सुशासन रोज्नुभएको हो', अछामिले भने,'यसैकारण सरकार ढल्दैन । बरू कांग्रेसलाई समेत समेटेर अब राष्ट्रिय सहमतिको सरकार बनाउनपर्छ ।'

कांग्रेसलाई अब उसको हैसियतअनुसारको मन्त्रालय दिएर सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले छलफल थाल्न पर्ने उनले बताए । सरकार नै ढल्ने अवस्था आए कांग्रेस-एमाले र माओवादी मिलेर निकास दिनपर्ने उनले बताए ।

माओवादीले उम्मेदवारी दिए ठाउँमा कांग्रेसले उम्मेदवार खडा नगरेर राष्ट्रपति पदमा बार्गेनिङ गरिरहेको छ नि ? भन्ने प्रश्नमा अछामीले भने,'पुष २६ पछि परिस्थिती फेरिएको छ । सहमती भए राष्ट्रिय सहमतिकै व्यक्ति राष्ट्रपति बनाउने हो ।