Live Streaming

बुद्धिसागर सँग काठमाडौँ युनिभर्सिटीका विद्यार्थीहरूले गरे अन्तरक्रिया

काठमाडौँ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स लिट्रेचर सोसाइटीले साहित्यकार तथा लेखक बुद्धिसागर सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टको भवनमा आयोजित कार्यक्रमका बिच लेखक बुद्धि सागर सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लेखक सागरले,”कर्णाली व्लुज, फिरफिरे तथा एक्लोमा छुट्टाछुट्टै किमिसको कथावस्तु आफुले प्रस्तुत गर्न खोजेको बताउनुभयो । उहाँले पाठकले पुस्तक लेखन एक्लै बसेर लेख्ने तथा पाठकले पनि एकान्तमा बसेर पढ्न भएकाले पुस्तक लेखक र पाठक बिचको अन्योन्याश्रीत सम्बन्ध रहन आवश्यक रहेको बताउनुभयो ।”

लेखक सागरले तपाईंको पुस्तककमा किन सहरको कथा भेटिदैन भन्ने प्रश्नमा साहित्यका फाटहरूमा गाउँ समाजका कथाहरू अझै पनि सहरसम्म आउँन नसकेको र यसलाई आफुले पुस्तकमार्फत पाठकलाई गाउँ ठाउँको कथा पस्किएको र कुनै पुस्तकमा आफुले सहरका कथा पनि पस्किने कुरा बताउनुभयो ।

त्यस्तै, काठमाडौं युनिभर्सिटी लिटेचर सोसाइटीका डिपार्टमेन्ट अफ ल्याङ्गोइजेज एण्ड मास कम्युनिकेसन प्राध्यापक दिनेश काफ्लेले,”क्रियटिभ राइटिङ फर मिडिया वि. एम् एस् को पहिलो सेमेस्टरका विद्यार्थीहरूले कोर्स कन्टेनटोरी राइटिङ अन्तरगत पत्रकारिता कसरी गर्ने, सम्पादकीय कसरी लेख्ने, समाचार, साहित्य कसरी लेख्ने कुरा पढ्नु पर्छ । त्यसै क्रममा उनिहरूले बुद्धि सागरका ‘म पनि डराउँछु’ कविता संग्रह र उनको साहित्य लेखन पढेकाले लेखक सँग प्रत्यक्ष रूपमा भेटेर लेखकीय अनुभव साट्ने जमर्को गरेकामाले अन्तरक्रिया कार्याकम विद्यार्थीहरूले आयोजना गरेको बताउनुभयो ।”

त्यस्तै,”बुद्धिसागरका उपन्यास, लेख रचना, पढे पनि लेखक र पाठक बिचको सम्बन्धलाई घनिष्टता प्रदान गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको काठमाडौं युनिभर्सिटी लिटेचर सोसाइटीका अध्यक्ष दीपाली श्रेष्ठले बताउनुभयो ।’

उहाँले लेखकको लेखकीय धारणालाई नजिकबाट बुझ्न आवश्यक रहेको समेत बताउनुभयो । पाठकले लेखकको बाहिरी भावना मात्रदेख्ने र बजारमा भएको लेखकको बाहिरि चर्चा मात्रै सुन्ने गरेको र चाहाना हुदाँहुदैँ पनि लेखकलाई भेट्ने ईच्छा पूरा नभएकाले लेखकको लेखकीय र पाठकीय दुवै कुरालाई बुझणनको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यश कार्यक्रमको मुख्य उद्देश नै लेखकले पुस्तकमा समेटेका विभिन्न कुराहरूलाई प्रत्यक रूपमा पाठकलाई अनुभव गराउने मुख्य उद्देश्य रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी काठमाडौं युनिभर्सिटीका विद्यार्थीहरूले लेखक सागर सँग विभिन्न प्रश्न तथा उहाँको अनुभव सुनेका थिए ।