Live Streaming

अणुब्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी सम्पन्न

काठमाडौँ । नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी सम्पन्न गरेको छ । बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्थ्यो भने, बिशेष अतिथिको रुपमा पूर्व मिसनेपाल उष खड्गी, बरिष्ठ गायक आनन्द कार्कि लगायतका बिशिष्ठ ब्यक्तिको उपस्थितिमा प्रभातफेरी गरिको थियो । प्रभातफेरीमा बिभिन्न बिधालयका बिधार्थि, समाजसेवी, बिभिन्न सम्प्रदायको प्रतिनिधि, बिबिध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रभातफेरीको पूर्व सन्ध्यामा सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुब्रतको आन्दोलन र अणुव्रतको बिषयमा जानकारी दिइएको थियो । अणुब्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजीत यस अणुब्रत अमृत महोत्सव अणुब्रतका सिद्धान्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताएका थिए । उहाँले अणुब्रतका आचार संहिताको बारे पनि जानकारी दिएका छन् । 

अणुब्रत आचार्य संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने, कहि कसैलाइ आक्रमण नगर्ने, मानबिय एकतामा बिश्वास राख्ने, धार्मिक सहिष्णुतालाइ कायम राख्ने, व्यवसाय र व्यवहारमा प्रमाणिक रहने, ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने, सामाजिक कुरीतीलाइ प्रश्रय नदिने, नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने जस्ता अणुव्रत नियम सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए ।

सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानि, नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा, तेरापन्थ सभाका अध्यक्ष महाबिर संचेचि, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला, जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकि अध्यक्ष अमिता नाहाटा नेपाल अणुब्रत समितिका निबर्तमान अध्यक्ष ज्योति बेगानी लगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाइ सकारात्मक उर्जा दिएको र अणुब्रतका हरेक बुदाले आफूलाइ भित्री रुपमा छोएको पनि बताएका छन । प्रभातफेरी काठमाण्डौको जैन भवनबाट सुरु भएर सोभाभगवती, ज्ञानेश्वर, मैतिदेवि, चारखाल हुदैँ पुन जैन भवनमा पुगेर टुंगीएको थियो । अणुब्रतको बारे जानकारी दिने उदेश्यका साथ आयोजीत यस प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाइ सबैले प्रशसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जानकारी दिएका छन् ।