Live Streaming

मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै बन्दैन : बालेन शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई मेयर पदबाट राजीनामा दिन दवाव आएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले राजीनामा दिन लगाउन खोजिएको बताउनुभएको हो । यद्यपी उहाँले कसले र किन राजीनामा दिन खोजियो भनेर उल्लेख गर्नुभएको छैन ।

उहाँले यो देश कहिले पनि नबन्ने समेत बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मेयर पदबाट मलाई आज आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’