Live Streaming

नेपाल उद्यमशील महिला महासंघको सातौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा कार्की निर्वाचित

काठमाडौँ । नेपाल उद्यमशील महिला महासंघको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच महासंघको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

महासघंले सातौँ वार्षिक साधारणसभाबाट नयाँ कायसमिति चयन गरेको छ । जसमा अध्यक्षमा राधा कार्की निर्वाचित हुनुभएको छ भने, वरिष्ठ उपाध्यक्ष ईन्दिरा न्यौपने निर्वाचित हुनुभएको छ ।

त्यस्तै, प्रथम उपाध्यक्षमा रुपा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मातृ देवी प्रसाई निर्वाचित हुनुभएको छ । महासंघको कोषाध्यक्षमा पुन्यमाया भट्टराई, महासचिवमा मन्जु पराजुली तथा सदस्यहरूमा बिमला थापा, गोमा खनाल, सुष्मा रिजाल निर्वाचित हुनुभएको छ ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष देवीका बुढाथोकीले गर्नुभएकाे थियाे । प्रमुख अतिथिका रूपमा पूर्व खानेपानी मन्त्री विना मगर रहनुभएको थियो । कार्यक्रममा अतिथिका रूपमा आमा नेपाल समुहकी संस्थापक प्रतिनिधिका रूपमा सरस्वती तिमल्सिना रहनुभएको थियो भने, अतिथिकै रूपमा महासंघको झापा जिल्ला सभापति पार्वती खरेल रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् पूर्व खानेपानीमन्त्री विना मगरले, ‘ नवनिर्वाचित अध्यक्ष सहित विभिन्न पदका कार्यसमिति हरूलाई बदाई दिनुहुँदै उहाँले हिजोका दिनहरूमा संस्थागत रूपले वा भनौँ व्यक्तिगत रूपमा पनि आफुहरूले महासंघलाई सहयोग गरेको र भोलिका दिनमा पनि साथ सहयोग गरिरहने बताउनुभयो ।’

त्यस्तै, महासंघका अध्यक्ष एवम् कार्यक्रमका सभापति देवीका बुढाथोकीले, 'आफुले आफ्नो कार्यकालमा सके जानेको र बुझेको काम गरकाे र नयाँ कार्यसमितिहरूलाई थप काम गर्न प्ररित गर्ने बताउँनुभयो । त्यस्तै, महासघंकी नव निर्वाचन अध्यक्ष राधा कार्कीले, 'आगामी दिनको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सबैको साथ सहयोगले मात्र अगाडि बढ्न र काम गर्न सहज हुने बताउनुभयो ।'

कार्यक्रममा स्वागत मन्यव्य महासंघकी वरिष्ठ उपाध्यक्ष ईन्दिरा न्यौपानेले राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन मन्जु पराजुलीले गर्नुभएको थियो ।