Live Streaming

प्रदेश १ को नाम 'कोसी' कायम, पक्षमा ८२ सांसदले गरे मतदान

काठमाडौँ । प्रदेश - १ को नाम कोसी प्रदेश कायम भएको छ । बुधबार प्रदेशसभामा भएको मत विभाजनमा कोसीको पक्षमा ८२ जना सांसदले मतदान गरेका छन् ।

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा विपक्षमा ४ मत खसेको छ । खसेको ८२ मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक र निरन राई र बिदुर लिङ्थेपको समर्थनमा कोसी नाममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् ।

कोसी नामको प्रस्तावमा एमालेका ४०, कांग्रेसका २९ र माओवादीका १२ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । १३ सांसद रहेको माओवादीका बाबुराम गौतम सभामुख छन् ।

सो प्रस्तावको विपक्षमा ४ मत परेको छ । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले हालेको संशोधन प्रस्ताव पुनः अस्वीकार गरेको थियो ।

उनले किराँत लिम्बुवान कोसी प्रदेशको प्रस्ताव प्रदेश सभामा टेबुल गरेका थिए । कोसी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादीका ११ र राप्रपाका ६ जनाले मत हाले ।