Live Streaming

कामपा वडा-८ द्वारा विविध विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा-८ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालय जयवागेश्वरीमा आयोजित एक कार्यक्रमका बिच विविन्न विषय वस्तुहरूमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न विषयमा छलफलमा भएको काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष आशामान संगतले जानकारी दिनुभयो । 

उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका विषयहरूको समाधान र समस्यालाई मध्यनजर गर्दै हाल वडा कार्यालय रहेको भवनमा बनाइएको शौचालयका विषयमा, गुुह्येश्वरी क्षेत्रको डुवानको विषयमा, फोहोर मैला निस् शुक्ल रूपमा उठाउनु पर्ने, सार्वजनिक क्षेत्रमा रहेका पसलहरू हटाएर पशुपति क्षेत्र विकास कोषले टेन्टर आह्वान गरेर सडकमा पसल सञ्चालन गरिएको विषय लगायतका कुराहरूमा छलफल गरिएको बताउनुभयो ।
 
उहाँले शिवरात्रिमा पशुपति क्षेत्रमा जात्रामा राखिएको पसलहरू बाट कामपा-८ मा  एक लाख ५० हजार राजस्व संकलन भएको जानकारी दिनुभयो । गुरूयोजना लागू भएको ठाउँमा फोटो खिच्ने काम सञ्चालन गरिएकोमा आपत्ति जनाउदैँ,  सार्वजनिक जग्गाका विषयमा, पोखरीको जमिनका विषयमा, पाटि पौवाका, स्वास्थ्य र शिक्षा लगायतका विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो ।   

कार्यक्रममा वडा-८ का अध्यक्ष आशामान संगत, वडासदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, राज्यलक्ष्मी भुषाल, शिखर देउला लगायत काठमाडौं महानगरपाकाका वुद्धिजिवि, समाजसेवी वडावासी लगायत पूर्ववडाअध्यक्षहरूको सहभागीता रहेको थियो ।