Live Streaming

लिंकन युनिभर्सिटीका कलेजहरूकाे दीक्षान्त समारोह वैशाखमा

काठमाडौँ । मलेसियाबाट सम्बन्ध प्राप्त लिंकन युनिभर्सिटीले नेपालभर सञ्चालित ११ वटा शैक्षिक संस्थाहरूबाट स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई दीक्षित गर्ने भएको छ । मलेसियाको लींकन युनिभर्सिटीबाट सम्बन्ध प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाहरूका करिव १५ सय विद्यार्थी दीक्षित हुने भएका हुन् ।

जसमा सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेन्योरसिप, वाल्मीकि लिंकन कलेज, ग्रीन पिस लिंकन कलेज, केएफए बिजनेस स्कूल एण्ड आईटी, लिंकन इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स, नेपाल बिजनेस कलेज, फिनिक्स कलेजलगायत विभिन्न सम्बद्ध कलेजहरू रहेका छन्  ।

लिंकन युनिभर्सिटी फाइभ स्टार रेटेड युनिभर्सिटी हो । टाइम्स हायर एजुकेशनद्वारा इम्प्याक्ट रैंकिंग अन्तर्गत गुणस्तर शिक्षामा ३५औँ स्थानमा छ । यो २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल, विश्वविद्यालयले व्यापार र लेखा, कम्प्युटर विज्ञान र मल्टिमिडिया, आतिथ्य र पर्यटन जस्ता विभिन्न संकायका स्नातक र स्नातकोत्तर पाठ्यक्रमहरू उपलब्ध गराउँदै आएको छ ।

यस वर्षको समारोह निजी शैक्षिक संस्थाहरूले आयोजना गर्ने प्रमुख कार्यक्रमहरूमध्ये एक हुने भएको लिंकन युनिभर्सिटीका महासचिव लक्ष्मण पोख्रेलले जानकारी दिनुभयो । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) का अध्यक्ष श्री रेष्ट झाका अनुसार लिंकन युनिभर्सिटीले यसअघि नै ४ वटा दीक्षान्त समारोह आयोजना गरिसकेको र ४ हजारभन्दा बढी विद्यार्थीहरू दीक्षित भईसकेको उहाँले बताउनुभयो ।

 यस वर्ष १ हजार ५ सयभन्दा बढी विद्यार्थीले सो समारोहमा स्नातकोत्तर गर्ने भएका छन् । दीक्षान्त समारोहमा विद्यार्थी, अभिभावक, अभिभावक, अतिथि, संकाय सदस्य, विश्वविद्यालय र कलेजका प्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागिता रहनेछ ।