Live Streaming

दि अन्नपूर्ण एक्सप्रेसको पोखरा अभियान सुरु

पोखरा । अन्नपूर्ण मिडिया नेटवर्कको सहप्रकाशन अङ्ग्रेजी दैनिक दि अन्नपूर्ण एक्सप्रेसले पोखरा विशेष अभियान सुरु गरेको छ । सो अभियान संगै अब सो दैनिकमा पोखरा एवम् आसपास क्षेत्रका समाचार सामाग्रीहरू विशेष प्राथमिकताका साथ प्रकाशन गरिने छ। 

सो अभियान अन्तर्गत शनिबार बिहान सो दैनिकको एक टोलीले पोखरामा घरदैलो कार्यक्रम गरेको छ । सो कार्यक्रममा दि अन्नपूर्ण एक्सप्रेसमा प्रकाशित हुने सामाग्रीहरू एवम् सो दैनिक मार्फत गरिने विज्ञापन र ग्राहक योजना बारे सरोकारवालालाई जानकारी गराइएको थियो । 

त्यसैगरी सो दैनिकको टोलीले पोखरामा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरुसँग आगामी दिनमा गरिने सहकार्यको बारेमा छलफल एवम् परामर्श गरेको थियो । दि अन्नपूर्ण एक्सप्रेसले पोखरालाई लक्षित गरी विज्ञापन र ग्राहक योजनाहरु तय गरेको छ। आगामी दिनमा सो दैनिकले पोखराको पर्यटन क्षेत्रलाई विश्वमाझ चिनाउन पत्रिका मार्फत विशेष भुमिका खेल्ने छ ।

अन्नपूर्ण मिडिया नेटवर्कका सहायक महाप्रबन्धक विकास श्रेष्ठका अनुसार ग्राहक योजनाअन्तर्गत दि अन्नपूर्ण एक्सप्रेसको बार्षिक ग्राहक बने बापत सिनेप्लेक्स सिनेमाको दुईवटा फिल्म टिकट, फुडमाण्डुको रू ५०० बराबरको छुट कुपन, अन्नपूर्ण केबलकारको दुईवटा टिकट र काठमाडौँ मेडिसीटी अस्पतालको तर्फबाट रू ६००० को स्वस्थ्य जाँच टिकट प्रदान गरिने छ