Live Streaming

वर्ष समीक्षा : समग्रमा कस्तो रह्यो २०७९ ?

२०७९ मा समग्र क्षेत्र कस्तो?

काठमाडौँ । आज विक्रम सम्वत् २०७९ सालको अन्तिम दिन । भोलिदेखि नयाँ वर्ष २०८०  साल आरम्भ हुँदैछ । खासगरी वर्ष २०७९ चुनावी वर्षकै रुपमा रह्यो । यहि वर्ष स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिहरु चुनिए भने संघ र प्रदेशको निर्वाचन भई प्रतिनिधिसभा र सात वटै प्रदेश सांसदहरु चुनिए । योसँगसँगै राष्ट्रपति–उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाको सभामुख–उपसभामुख, केन्द्रदेखि सात वटै प्रदेशमा नयाँ सरकार पनि गठन भए । तरपनि, राजनीतिक स्थिरताको दृष्टिकोणले हेर्दा भने वर्ष २०७९ लाई त्यति सफल वर्ष मान्न सकिँदैन । 

यसबर्ष सरकार बन्ने, भत्किने क्रम चल्यो । सरकार अर्थात कार्यपालिका मात्र होइन, यो वर्ष न्यायपालिकाभित्रको कचिङगल पनि उत्कर्षमा पुग्यो । यसबर्ष देशको अर्थतन्त्रमा ह्रास आयो । अर्थतन्त्र सुधार गर्नमा भन्दा नेतृत्वकर्ता राजनीतिक दल र तीनका नेताहरु दोषारोपण तथा सत्ताको अँगालोमा फस्दा महँगी र बेरोजगारीको अवस्था झन् बढ्यो । विश्व बजारमा देखिएको आर्थिक मन्दीलाई विचार गरेर बेलैमा अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाल्दा अवस्था झनै दयनीय बन्न पुग्यो । पछिल्ल्लो समय भने आर्थिक परिसूचकहरु केही सुधार भएको तथ्यांक आउका छन् । 

काठमाडौं र केन्द्रको टकराव

काठमाडौँ । काठमाडौं महानगरपालिका र केन्द्र सरकारवीचको टकरावले अँझैपनि मध्यमार्गी बाटो पाउन सकेको छैन । गत आईतबारदेखि सिंहदरबार, सितलनिवास तथा बालुवाटारको फोहोर उठेको छैन भने एकअर्कालाई प्रहार गर्ने क्रम पनि जारी छ । यसअघि महानगरपालिकाले सुकुम्बासीलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर शाहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने घोषणा गर्नु भएको थियो ।

त्यसबेला देश बनाउने भए नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्याक्ति उहाँले दिनुभएको थियो । आलोचना भएपछि शाहले त्यास्तो आभिव्याक्ति दिनुका कारण सार्वजनिक गर्दै विभिन्न मन्त्रालयहरुसंग पटक–पटक सहयोग मागेपनि नपाएको दुखेसो गर्नुभयो । केही दिनपछि बसेको मन्त्रीपरिषद्को बैठकले वालेनको अभिव्याक्ति अराजकतातिर गईरहेकाले सचेत गराउने बिषयमा छलफल नै चल्यो । लगत्तै आज सामाजिक सञ्जालमा मेयर शाहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू ठाउँ नै सार्न चुनौती दिनुभएको छ ।

सरकारले काठमाडौंको हितमा काम गर्न नसकेको गुनासो गर्दै उहाँले सिंहदरबार अरू पालिकामा सार्न आग्रह गर्नुभएको हो । साथै, बालेनले राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति नहुने बताउनु   भएको छ । उहाँले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिने  समेत बताउनु भयो । 

यता अभियान्ता सुमन सायमीले असहयोगपछि आएको वालेनको अभिव्याक्ति स्वभाविक भएपनि दुबै उत्तिकै जिम्मेवार रहेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै सायमीले महानगरले पनि केही काम संविधान विपरित गएर गरेको र केन्द्र सरकारले पनि आवश्यक सहयोग नगर्दा दुबै दोषी रहेको बउताउनुभएको हो । सबै तहले संविधानतः बाँडफाँट गरिएका अधिकार प्रयोग गर्नसके जुंगाको लडाईबाट बचेर जनताले अनूभुत गर्नेगरि काम गर्न सकिने बताउनुभयो । 

५ हजारको जिम्मा लिएको होइन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताउनुभको छ । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीतिक प्रतिवादका क्रममा प्रसंगवश अभिव्यक्ति दिएको उहाँको जिकिर छ ।

२०७६ माघ १ गते टुँडिखेलमा भएको एक सार्वजनिक कार्यक्रमा प्रचण्डले १७ हजार मारेर आएको आरोपको प्रतिवाद गर्नुभएको थियो । त्यो अभिव्यक्तिलाई लिएर प्रचण्डले पाँच हजार व्यक्ति मारेको नैतिक जिम्मेवारी लिने साबिती बयान दिएको र त्यसका आधारमा तत्काल प्रचलित कानून बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । सशस्त्र विद्रोहका क्रममा निहत्था व्यक्तिमाथि आक्रमण गर्ने वा कुनै प्रकारका दुःख दिने गरी पार्टीबाट कुनै निर्णय नभएको र त्यस्तो आदेश नगरिएको प्रचण्डको दाबी छ । 

मिटरब्याज पीडित र सरकारबीचको वार्ता भंग 

काठमाडौँ । सरकार र मिटरव्याज पीडितहरुबीचको वार्ता भंग भएको छ । आज गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो ।चैत२० गतेदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिलेसहमति नजुटेपछि अब आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताउनुभयो । प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले वास्ता नगरेको आरोप लगाउनुभयो । 

यसअघि बिहीबार संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता गरेका थिए । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन स्थगित गर्न आग्रह गरेको र आफूहरुले नमानेको बताएउनुभयो । मिटरब्याज पीडितको सबै समस्या सरकारले गठन गरेको आयोगबाटै समाधान हुने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले गाउँ जान आग्रह गरेका उहाँले बताउनुभयो । यद्यपी आफूहरुले आफ्ना ६ बुँदे मागमा अडान कायम राख्दा समेत सबै वार्तामा एकै अभिव्याक्ति आएपनि वार्ता भंग गर्नुपरेको पीपडतहरुले बताएका छन् । 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । हिजो भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो ।

पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । तर दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि अञ्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।महासङ्घको हिजो भएको पहिलो चरणको निर्वाचनमाअञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उमेशलालले ३१.५१ मत प्राप्त गर्नुभएको थियो । 

साथै संघईले ३०.४६ मत प्राप्त गर्नुभएको थियो । योसंगै अञ्जन श्रेष्ठलाई सर्मथन गर्नुभएका उमेशलाल श्रेष्ठ विशिष्ट सदस्य चयन हुनुभएको छ । महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । यस्तै, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।

आर्थिक खबर
सरकारको बेरूजु ५ खर्ब ८७ अर्ब

काठमाडौँ । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सो रकम बराबरको बेरूजु देखिएको हो ।
 महालेखा परीक्षकको कार्यालयका अनुसार संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको छ ।

यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस वर्ष बेरूजु प्रतिशत १.६८ प्रतिशत देखिएको छ । अब कुल बेरूजु रकम ५ खर्ब ८७ अर्ब ३३ करोड पुगेको छ ।अद्यावधिक बेरूजु गत वर्षको भन्दा २१.४५ प्रतिशतले बढेको छ ।

यस्तै संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८÷७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । त्यसो त अर्थ मन्त्रालय मातहतका निकायको लेखा परीक्षणको अंक समेत ठूलो छ । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

विदेशका खबर
कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति

काठमाडौँ । कतार र बहराइन लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्नसहमत भएका छन् ।साउदीमा रहेको खाडी सहयोग परिषद्को मुख्यालयमा भएको वार्तामा मेलमिलापसम्बन्धी सहमति भएको हो । कतारी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तअनुसार दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने निर्णय भएको जनाएको हो ।

द्विपक्षीय सम्बन्ध विकासका साथै खाडी राष्ट्रबीचको एकता र एकीकरण बढाउने आपसी चाहनाअनुसार दुवै देशबीच उक्त सहमति भएको कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बहराइनको विदेश मन्त्रालयले पनि त्यस्तै आशयको वक्तव्य जारी गरेको छ । 

एक अर्काका कट्टर प्रतिद्वन्द्वी साउदी र इरानले सम्बन्ध तोडेको सात वर्षपछि गत महिना औपचारिक रूपमा सम्बन्ध पुनः सुरु गर्न सहमति जनाएपछि कतार र बहराइनबीच पनि मेलमिलाप भएको हो ।जनवरी २०२१ मा भएको एक मेलमिलाप सम्झौताअनुसार बहराइन बाहेक तीनवटै देशले कतारसँग सम्बन्ध नवीकरण गरिसकेका छन् ।

सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले खाडी क्षेत्रका चरमपन्थी सङ्गठनहरूलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाउँदैकतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । चारै देशले कतारी विमान र जहाजलाई आफ्नो हवाई र जलक्षेत्र प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए ।

खेल खबर
‘ए’ डिभिजन लिग 

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री कस्टारले चौंथो जित निकालेको हो ।थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे ।जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ ।पुलिसको यो छैटौं हार हो ।पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ ।

यस्तै, आज नै भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइज र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् । चर्च ब्वाइजका जोस्पेह बेम्पाहले एक गोल गरे भने फ्रेन्ड्सका अमित तामाङले एक गोल फर्काए । यस बराबरीसँगै चर्च ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्सले ८ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स १३ औं स्थानमा उक्लिएको छ ।

खेलकुद वर्ष समीक्षा

काठमाडौँ । नेपाली क्रिकेटले ऐतिहासिक सफलताका साथ अन्तराष्ट्रिय जगतको ध्यान नै आफूतिर केन्द्रित गर्दा यो वर्ष फुटबल भने खेलाडी पलयनको विकराल अवस्थाबाट गुज्रियो । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसन्दीपलामिछानेमाथि लागेको बलात्कारको अभियोग, म्याच फिक्सिङ, एन्फा विवाद यो वर्ष निकै चर्चामा रहे । त्यसो त सरकार गठनको चार महिनासम्म मन्त्रालय मन्त्रीविहीन हुँदा खेल क्षेत्र थप अव्यवस्थित बन्यो। सम्रगमा २०७९ साललाई फर्केर हेर्दा नेपाली खेलकुद जगत कस्तो रह्यो त ?