Live Streaming

अन्नपूर्ण दिनभर : तनहुँमा उपनिर्वाचनलक्षित शिर्ष नेताहरुको सम्बोधन, कस्ले के भने?

तनहुँमा उपनिर्वाचनलक्षित शिर्ष नेताहरुको सम्बोधन ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको भन्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निणर्य लिएको बताउनुभएको छ । तनहुँमा आयोजित गठबन्धनको उपचुनावसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको बताउनुभयो । 

सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्दा गर्दै छानबिन समिति गठन गरेको छ । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानविन थालेको सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई अर्थपूणर् मानिएको छ । तनहुँको चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए तनहुँमा विकासको मूल फुटाइने भन्दै रास्वपारूपी खहरे खोला सुक्नेवाला रहेको पनि बताउनुभयो । उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन पनि दिनुभयो । 

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल जत्तिकै योग्य रहेको बताउनुभएको छ । बुधबार डुम्रेमा भएको चुनावीसभामा सभापति देउवाले यसअघि निर्वाचित पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने पनि बताउनुभयो । देउवाले तनहुँमा भट्टराईलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  

अख्तियारले निजी क्षेत्रको भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले अख्तियार दुरुपयोग अनुसनधान आयोग भ्रष्टाचारमा निर्मम हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशमा राजनीति र महंगो राजनीतिक प्रणाली भ्रष्टाचारको मुख्य जड भएको बताउदै भ्रष्टाचारमा मुछिएका नेताहरुलाई कारवाही नहुदासम्म यसको अन्त्य नहुने बताउनुभयो । 

यस्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्ताव गर्नुभएको छ । संवैधानिक निकायहरुलाई ‘रिटायर्डहरुको क्लबजस्तो’ बनाउन नहुने टिप्पणी गर्नुभएका सापकोटाले ठूला नेताहरुलाई धारे हात लगाउने भन्दा पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

नीजामती कर्मचारीहरुलाई अख्तियारको नेतृत्व दिनै नहुने बताउदै रास्वपा सांसद सुमना श्रेष्ठले साना भ्रष्टाचारका काण्डहरु राष्ट्रिय सर्तकता केन्द्रमार्फत गराउनुपर्नेमा जोड दिनुभयो । सबै किसिमकाभ्रष्टाचारको जिम्मा अख्तियारलाई नै दिंदा समेत समस्या भएको उहाँको बुझाई छ । 

नेकपा एमालेका सचेतक महेश बर्तौला र जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जु कुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको समेत भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन गर्नुभएको छ ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले अख्तियारलाई निगरानी गर्ने संसदीय समितिहरुको प्रतिवेदन र समितिले गर्ने काम कर्मकाण्डी हुने गरेको स्वीकार गर्नुभयो । यस बिषयमा पनि आगामी दिनमा सोचेर जानू आवश्यक रहेको उहाँको भनाई छ ।

योसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । सो विधेयकमाथिसंसोधनका लागि सांसदहरुलाई ७२ घण्टाको समय दिईएको छ । प्रतिनिधिसभाको अर्को बैठक बैशाख १२ गते मंगलबार बस्नेछ । 

प्रधानन्यायाधीश नियुक्तिका लागि बसेको बैठक निश्कर्षबिहीन

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिहरु गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नुको कुनै अर्थ नहुने भन्दै समितिका विषयमा पनि टुंगो लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि विना निश्कर्ष सकिएको हो ।

नियुक्तिसम्बन्धि निणर्य अर्को बैठकले गर्ने र आजको बैठकमा सामान्य छलफल मात्रै भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्वको अनुपातमा संसदीय समितिको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ ।

तर सत्तारुढ दलहरुले संसदीय प्रचलन अनुसार, सार्वजनिक लेखा समिति बाहेक अन्य समितिको हकमा बहुमतका आधारमा निणर्य गरेर नेतृत्व चयन गर्नुपर्ने अडान राखेका छन् । संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने भन्दै ओलीले त्यो विषयलाई पनि साथसाथै किनारा लगाउनुपर्ने अडान राख्नुभएको हो । 

सर्वोच्च अदालतमा प्रधानन्याधीश रिक्त रहेको एक बर्ष बितिसकेको छ । एक बर्षसम्म सरकारले कानूनी शून्यताको कारण देखाउदै नियुक्तिमा तदारुकता देखाएको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ बैशाखमा अध्यादेश ल्याएपछि कानूनी शून्यताको अवस्था आएको थियो ।

गत फागुन १७ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि कानून अभावमा संवैधानिक परिषद्को बैठक बस्न नसकेको जनाएको थियो । अहिले पनि संवैधानिक परिषद् काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । 

यतानेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले स्वतन्त्र न्यायपालिकाको प्रभावकारीता र भूमीकाको निम्ती पनि प्रधानन्यायाधीश रिक्त हुनु दुःखको कुरा भएको बताउनुभएको छ । रेडियो अन्नपूणर् नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै पौडेलले प्रचलित कानून र सहमतिका आधारमा टुंगो लगाउनका लागि प्रधानमन्त्री सक्रिय बनेको बताउनुभयो । संवैधानिक परिषद्सम्बन्धि विधेयक छिट्टै पारित हुने उहाँको भनाई छ । 

महाअभियोग अब के हुने भन्ने सभामुखले निधो गर्नु पर्छ : उपप्रधानमन्त्री पूणर्बहादुर खड्का 

काठमाडौँ । कानून मन्त्रीको समेत जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री पुणर्वहादुर खड्काले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग अब के हुने भन्ने सभामुखले निधो गर्नु पर्ने बताउनुभएको छ । आज पदभार ग्रहण गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले त्यो बेलाको महाअभियोग अब के गर्ने भन्ने कुरा सरकारको भन्दा पनि संसदको भएकाले सभामुखको हातमा रहेको बताउनुभएको हो ।

राणाविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाअभियोग लगाएको थियो । राणामाथिको महाअभियोग पारित नहुने भएकाले लामो समय छलफलमै नल्याई प्रतिनिधि सभाको कार्यकाल सकिने बेला महाअभियोग सिफारिस समिति गठन गरिएको थियो । प्रतिनिधि सभाको कार्यकाल सकिएपछि संसदका महासचिव डाक्टर भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि राणा अदालत जान लाग्दा सरकारले घरमै नजरबन्द गरेर अदालत जानबाट रोकेको थियो ।

कांग्रेसमा लफडा : मन्त्री को बन्ने भन्ने बिषयमा विवाद देखिएको छ

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री को बन्ने भन्ने बिषयमा विवाद देखिएको छ । पार्टीले तीन जनाको नाम सिफारिस गरेपनि सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै पार्टीभित्र रडाको मच्चिएपछि आज गर्ने भनिएको  मन्त्रिपरिषद् विस्तार पनि रोकिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले कणर्ाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरी मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरी शपथ रोक्न आग्रह गरेको कांग्रेस स्रोतले बताएको छ ।

जाजरकोटबाट राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरुले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ । हिजो नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार काँग्रेसले तीन जना मन्त्रीको नाम नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्नेहरू पक्राउ

काठमाडौँ । अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्कालाई पक्राउ गरेको हो ।

खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ । खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

यस्तै, पक्राउ परेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ । उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । 

गृहप्रशासन सुधार कार्ययोजना ल्याइँदै

काठमाडौँ । गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा कार्यक्रमलाई समेत समेट्ने गरी कार्ययोजना ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि भने केही समय लाग्ने छ । शुसासन र सेवालाई मुख्य कार्यभार मानेर मन्त्रालयले नयाँ कार्ययोजना ल्याउन लागेको उपप्रधानमन्त्रीसमेत रहनुभएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

युएईमा नेपालीले जिते झण्डै ७२ करोडको चिठ्ठ

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत एक नेपालीले २ करोड दिरामको चिठ्ठा जितेका छन् । खालिज टाइम्सका अनुसार पदम नामका नेपाली चालकलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा परेको हो । जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४ सय ९६ हुन्छ । पदम सन् २०२३ मा यूएईमा यति ठूलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्त िहुन् । तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्‍याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।

आर्थिक खबर
मुलुकको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम

काठमाडौँ । चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा २ खर्ब २३ अर्बले कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो । व्यापार घाटा गतबर्षको तुलनामा १७ प्रतिशतले कमी भएको हो ।

गतबर्षको तुलनामा आयात नै १८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा राहत पुगेको हो । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको छ । २०७९ फागुनको तुलनामा चैतमा मात्रै १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

त्यस्तै निर्यात पनि २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन-चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो भने यो वर्षको त्यहीं अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रकोतर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

काठमाण्डौँमा हिजोदेखि सुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गदैै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रुपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको हो । नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उहाँले बंगलादेशको बजारका लागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताउनुभयो ।

विदेशका खबर
सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

काठमाडौँ । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जनाएको छ । यो निणर्सँगै जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा रहेका बताउँदै उनीहरूलाई त्यहाँबाट उद्धार गर्न रक्षा मन्त्रालयले आवश्यक तयारी गरेको बताउनुभयो ।सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई हजार भन्दाबढी घाइते भएका छन् । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र मोहमद हमदान डगालो नेतृत्वको आरएसएफबीचको जारी द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त भएको छ । 

यसैबीच, विश्वका अन्य देशले पनि सुडानमा रहेका आफ्ना नागरिकलाई आफ्ना विवरण आ-आफ्नो मुलुकका राजदूतावासमा बुझाउन आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकलाई सम्पर्क विवरणसहितका सूचना दूतावासमा बुझाउन, घरबाट बाहिर ननिस्कन तथा झ्याल नजिक पनि नजान आह्वान गरेको छ ।

खेल खबर
‘ए’ डिभिजन लिग

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगत आज भएको खेलमा एपिएफ र जावलाखेल युथ क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा विभागीय टोलि नेपाल एपिएफ फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गरेको छ । एपिएफको जितमा अर्मान्ड विडोमले पहिलो हाफमा गरेको गोल नै निणर्ायक । यस जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।

यस्तै, च्यासल मैदानमा भएको अर्को खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिसलाई ६-१ ले पराजित गरेको हो । जावलाखेलका लागि हिसुब थपलिया र एनकोटो मासोबीले २-२ गोल गरे भने फोडे फोफाना र अब्दुललाजिज निशोनवाबले एक-एक गोल गरे ।  पुलिसका लागि मोसेस टिवुमले एक गोल फर्काए । यस जितसँगै जावलाखेलले १० खेलबाट २० अंक जोडेको छ । सातौं हार बेहोरेको पुलिस भने १० खेलबाट ५ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

एसीसी प्रिमियर कप 

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज भएको खेलमा युएई र ओमान विजयी भएका छन् । टियु मैदानमा भएको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै सानदार जित हात पारेको हो । युएईले दिएको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भयो । कुवेतका लागि सायद मोनिबले सर्वाधिक ६८ रन बनाए भने प्रविन्दर कुमारले ५३ र कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ तथा जाहोर खान, रोहन मुस्ताफा,सचित शर्मा र आयान खानले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै कुवेतलाई ३ सय ७२ रनको लक्ष्य दिएको थियो । युएईका लागि वृत्य अरबिन्दले १ सय ८५ रन बनाए भने रोहन मुस्ताफाले अविजित १ सय १८ रन जोडे । कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब, यासिन पटेलले समान १/१ विकेट लिए । 

यस्तै, आज नै भएको अर्को खेलमा ओमानले कतारलाई ४० रनले हराएको छ ।  मुलपानी मैदानमा २ सय ५० रनको लक्ष्य पन्छाएको कतार ४७.१ ओभरमा २ सय ९ रनमा अलआउट भयो  । कतारका मोहम्मद रिजलानले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

ओमानका बिलाल खानले ४ विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २ सय ४९ रन बनाएको थियो । ओमानका लागि आयन खानले अविजित ६४ रन बनाए । कतारका अमिर फरुक र मोहम्मद मुरडले तीन-तीन विकेट हात पारे । १० राष्ट्र सम्मिलित प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।