Live Streaming

प्रधानमन्त्रीलाई तेश्रोपटक विश्वासको मत लिनुपर्ने वाध्यता, रास्वपाको सर्मथन फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो ।

पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपाले भने बमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएको लगायतका विषय उठाउँदै रास्वपाले समर्थन फिर्ता लिएको हो ।  सरकारमा सहभागी नभए पनि रास्वपाले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो ।

त्यस्तै, राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो । सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको सभापति रवि लामिछानेले बताउनुभयो । रास्वपाको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाललाई तेस्रोपटक विश्वासको मत लिनपर्ने बाध्यता आएको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा २ ले सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने व्यवस्था छ । राष्ट्रपतिबाट प्रधानमन्त्री नियुकति हुँदा समर्थन गर्ने १६८ मध्य २१ जना रहेको दल रास्वपा बाहिरिएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका सांसदहरुको संख्या अब १४७ कायम देखिन्छ ।