Live Streaming

एक साताभित्रै भ्रातृ संगठन र विभागहरुलाई पूणर्ता दिने कांग्रेसको निणर्य

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई एक साताभित्रै पूणर्ता दिने गृहकार्य थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बैशाख २८ र २९ मा केन्द्रीय कार्य समिति बैठक बसेर टुंगो लगाउने समझदारी बनाएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्य समिति बैठक बसेर नेविसंघ, तरुण दललगायत भ्रातृ संगठनलाई पूणर्ता दिने गृहकार्य थालिएको बताउनुभयो । उहाँले विभागहरुको गठन पनि यही बैठकबाट हुने बताउनुभयो । 

महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेताहरु तानिए पनि निष्पक्ष अनुसन्धानमा सघाइने समेत बताउनुभएको छ । यस्तै पार्टी सभापति शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्नुभएको छ ।