Live Streaming

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिनुभयो । प्रहरीले खाण्ँलाई आज बिहान मात्रै मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

आज नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् । फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी भने अँझैपनि स्म्पर्कमा आउनुभएको छैन भने संघिय संसद सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएको बुझिएको छ । एमालेले भने उहाँलाई पार्टीको सचिव पदबाट अनुसन्धान नसकिदासम्मका लागि निलम्बन गरेको छ ।