Live Streaming

नशामुक्त नेपालका लागि अखण्ड दुर्गा चालिसा पाठ साधना सम्पन्न

काठमाडौँ । भगवती मानव कल्याण संगठनले नशा–मांसाहारमुक्त, चरित्रवान समाज निर्माण गर्ने उद्देश्यसहित काठमाडौँको पशुपति परिसरमा शुरु गरेको अखण्ड श्री दुर्गा चालिसा पाठ साधना सम्पन्न गरेको छ । 

नशामुक्त नेपाल–खुसीयाली नेपालको नारा सहित संगठनले पशुपति परिसरको सुमार्गी भवनमा श्री दुर्गा चालिसाको अखण्ड २४ घण्टे पाठ सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पुजा शुक्लाजीले आध्यात्मिक गुरु हर देश, काल र  समय भन्दा पर रहेर ज्ञान चेतना प्रवाह गर्ने भएकाले गूरु आज्ञा पालन गर्दै कुप्रथा र कुरिती अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले भगवानको नाममा पशुबलिदिनु सबैभन्दा ठुलो अपराध हुने भन्दै बलिप्रथा अन्त्यको लागि शसक्त भएर लाग्नुपर्ने आवश्यकता औल्याउँनुभयो । यस्तै कार्यक्रममा उपस्थित भारतीय शक्ति चेतना पार्टीकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी सन्ध्या शुक्लाज्यूले जुन धर्मले धर्मको आडमा बिभाजन गराउँछ त्यो धर्म हुनै नसक्ने भन्दै उहाँले सनातन धर्मको संस्कृति अनुरुप आफुलाई ढाल्ने लक्ष्यसहित अघि बढ्न आग्रह गर्नुभयो । 

भगवती मानव कल्याण संगठनले भय, भोक र भ्रष्टाचार मुूक्त समाज निर्माण गर्दै अनीति, अन्याय र अधर्मका बिरुद्ध सशक्त आवाज उठाउँदै आएको छ । नशामुक्त समाज निर्माणका लागि नशामुक्ती ¥याली, जनजागरण पदयात्रा, खबरदारी स्वरुप सरकारलाई ज्ञापन लगायतका कार्य गर्दै आएको संगठनका प्रचारमन्त्री नारायण सेढाइले बताउनुभयो  ।

कार्यक्रमको समापनको समयमा संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पूजा शुक्लाजी, शक्तिस्वरुपा दिदी सन्ध्या शुक्लाजी, शक्तिस्वरुपा दिदी ज्योति शुक्लाजी, भगवती मानव कल्याण संगठनका केन्द्रिय महासचिव श्रद्धेय अजय अवस्थीजी, श्रद्धेय रजत मिश्राजी यस्तै सिद्धाश्रम रत्न श्रद्धेय सौरभ द्विवेदीजी,  सिद्धाश्रम चेतना आरुणीजी, अद्वैतजी एवम् आत्रेयजीको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै सिद्धाश्रम रत्न श्रद्धेय सौरभ द्विवेदीले नेपालको धार्मिक र सांस्कृतिक गौरवशाली इतिहास भएकाले नशा मांंसाहार, धर्मान्तरण, साम्प्रदायिकता जस्ता वर्तमान विसंगतीलाई अन्त्य गर्न माँको भक्तिरुपी गंगा प्रवाह शुरु भएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै भगवती मानव कल्याण संगठनका केन्द्रिय महासचिव श्रद्धेय रजत मिश्राज्युले आगामी नवरात्रीमा पञ्चज्योती सिद्धाश्रम धाममाहुने महाशक्ति शंखनादमा सहभागि हुन आह्वान गर्नुभयो । समाजमा अनीति अन्याय र अधर्म व्याप्त रहेको भन्दै यसका विरुद्ध शसक्त भएर अघि बढ्नुुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमको समापन समयमा संगठनका केन्द्रिय महासचिव अजय अवस्थीज्यूले तपोभूमि नेपालको ऋषि परम्परालाई कायम राख्न नशामुक्त नेपाल खुशीयाली नेपाल अभियानको लक्ष्य पूरा