Live Streaming

परशुराम-९ का वडाध्यक्षको पक्षमा सर्वोच्चको फैसला, भ्रष्टाचार मुद्दामा निर्दोष

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका-९ मा देवबहादुर बोहरालाई वडाध्यक्षका रुपमा काम गर्ने बाटो खुलेको छ ।

सामुदायिक वन कटान गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेरिहेका उनलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हा र कुमार चुडालको ईजलासले सफाई दिएको हो ।

उनको मुद्दामा अदालतले उल्टीको फैसला दिएको हो । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बोहरा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

असार ३० गतेको जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई पत्र लेख्दै अख्तियारले विशेष अदालतमा पुनरावेदन दायर गरेकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा परेको जानकारी गराएको थियो ।

सर्वोच्चको सोमबारको फैसलासँगै बोहरालाई वडाध्यक्षका रुपमा काम गर्ने बाटो खुलेको हो ।