Live Streaming

नेपाली सांगीतिक जगतमा मुकुट ब्याण्ड प्रवेश

काठमाडौँ । नेपाली सांगीतिक जगतमा मुकुट ब्याण्ड प्रवेश गरेको छ ।  उक्त ब्याण्डमा विभिन्न क्षेत्रका सांगीतिक व्यक्तिहरू सहभागी रहेका छन् । जसमा लिड गिटारिष्टमा श्याम श्रेष्ठ रहने भएको छ भने, भोकलिष्ट, रिदम गिटारिष्टमा रुपेश श्रेष्ठ रहनुभएको छ । व्यान्डमा ड्रमर, क्याजनमा राहुल राई हुनुहुन्छ ।

सांगीतिक क्षेत्रमा छुट्टै पहिचानको लागि तीनजना युवाहरुको सहकार्यमा चार–पाँच वर्ष अगाडि मुकुट ब्याण्ड स्थापना भएको हो ।  मुकुट ब्याण्डले स्थापनाकालदेखि नै आफ्नो अस्तित्व स्थापित गर्दै अगाडि बढ्यो ।

उक्त  ब्याण्डले ललितपुर र काठमाडौंका विभिन्न क्लब तथा पब बारहरुमा शुक्रबार र शनिबार सांगीतिक प्रस्तुतिहरू दिने गरेको छ । उक्त  ब्याण्डले दर्शकको चाहाना अनुरूप विद्या चाहीं रक, पप गीतहरु, चलन चल्तीमा रहेका नेपाली, ईंग्लिस, हिन्दी गीतहरु कभर गरी गाउँने बजाउने गरेका छन् ।

तीनजना युवाहरु मिलेर स्थापना गरिएको  ब्याण्डका लिड गिटारिष्ट श्याम श्रेष्ठका अनुसार ‘अब हामी छिट्टै नै दर्शक श्रोताहरुको रोजाइमा पर्ने गीत रेकर्डिङ गरी म्युजिक भिडियो बनाउने जमर्को गर्दैछौं ।’ तपाईहरुको गीत किन ढिला ? भन्ने जिज्ञासालाई तोड्दै  श्रेष्ठ बताउनुहुन्छ, ‘अहिले सुन्ने भन्दा पनि हेर्ने जमाना भएको हुँदा म्युजिक भिडियोको तयारीमा जुट्दा केही समय लागेको हो ।’ 

तीन जना युवाहरुको पेशा अरु नै भएपनि गीत संगीतमा रुचि भएकाले यसलाई छोड्न नसकेको उहाँहरुको भनाई छ । मुकुट ब्याण्डका भोकलिष्ट रुपेश श्रेष्ठका अनुसार, ‘नेपाली गीत संगीत पनि विश्व संगीत बजारमा प्रतिष्पर्धा गर्ने किसिमका रहेका छन् ।' विश्वमा छरिएर रहेका नेपाली भाषी, गीत संगीतलाई माया गर्ने दर्शक श्रोताहरुलाई मन पर्ने गीत पस्किने हाम्रो प्रयास जारी रहने छ ।’