Live Streaming

देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक छ : केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इमान्दारितमका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ ।

“हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देशप्रति समर्पित होस र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा न्याय प्रदान गर्न सकोस”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कसैले पनि पराजित गर्न नसक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले निष्ठा र इमान्दारिताका साथ सक्रिय भइ जनताको जीवनमा परितर्वन ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमाले सबैका लागि एउटै परिवार जस्तो भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताउनुभयो । उहाँले पार्टीमा चाकडी चल्ने स्पष्ट पार्दै कामका आधारमा मूल्याङ्कन हुने बताउनुभयो । “कसले कति चाकडी गर्छ भन्ने कुरा पार्टीमा हुँदैन ।

कामको मूल्याङ्कनबाट आएको पार्टी हो”, उहाँले भन्नुभयो, “यो आदेशबाट नियुक्त र बर्खास्त गर्ने पार्टी पनि होइन । एमालेले भन्ने बेलामा एउटा र गर्ने बेलामा अर्को काम गर्दैैन ।” नेपाली समाजको आधुनिक जागरण, सचेतनामा एमालेको भूमिका रहेको भन्दै उहाँले सामाजिक न्याय, समानता, पछाडि परेका समुदायको हकअधिकारका लागि कम्प्युनिष्ट पार्टी स्थापना गरिएको बताउनुभयो ।