Live Streaming

नवौं संस्करणको अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौँ । नवौं संस्करणको अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ  । असार ६ गतेबाट शुरुवात भएको प्रतियोगिताको ९ गते समापन भएको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा एक्जुकेटिभतर्फ पुरुष एकल र एक्जुकेटिभ पुरुष डबल्ससँगै खुलातर्फ पुरुष एकल, पुरुष डबल्स, महिला एकल, मिक्स डबल्समा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कर्पोरेट हाउस, विभागीय टोली र सातै प्रदेशका खेलाडीको सहभागिता रहेको थियो ।

समारोहमा बोल्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले समाजलाई सही दिशातर्फ लैजान मिडियाको ठूलो कर्तव्य रहेको बताउनुभयो । उहाँले सबै नागरिकलाई खेलकुदसँग जोडेमात्रै समुदाय स्वस्थ्य र सही हुने बताउनुभयो । प्रत्येक नागरिक स्वस्थ्य भएमात्रै समुदाय सही बन्नसक्छ। त्यसैले हामीले कर्पोर्ट क्षेत्रलाई खेलकुदसँग जोड्ने प्रयास गरेका छौं, क्याप्टेन थापाले बताउनुभयाे ।

त्यस्तै, अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सीईओ सनत न्यौपानेले यस प्रतियोगिताले मिडिया र कर्पोरेट क्षेत्रलाई खेलकुदसँग जोड्ने काम गरेको बताउनुभयो । 

समारोहमा विजेताहरूलाई नगद राशिसहित पुरस्कार वितरण गरिएको थियो । एक्जुकेटिभ पुरुष एकल, एक्जुकेटिभ पुरुष डबल्स र कर्पोरेट डबल्सतर्फका विजेताले एक लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने, उपविजेतालाइ ५० हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीलाइ जनही २५ हजार रुपैयाँ पुरस्कार दिइएको थियो। 

त्यस्तै खुला पुरुष एकल, डबल्स, महिला एकल र मिक्स डबल्सका विजेताले ८० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ दिइएको थियो। 

प्रतियोगितालाई ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको प्रतियोगितामा होन्डा ग्राजिया, एभरेष्ट बैंक, डीएचआई, साल्ट ट्रेडिङ कन्सर्न, सगरमाथा लुम्बिनी इन्सुरेन्स, नामी कलेज, फुडमान्डु, एभी–ट्रेस, एग्रो फ्रुटलगायतले प्रायोजन गरेका थिए ।