Live Streaming

नमस्ते पेको बम्पर अफर : ल्यापटप र स्कुटरको साथ नयाँ अभियान सुरु

काठमाडौँ। नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुलहरूका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो ।

यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप  र स्कुटर जित्ने मौका पाउनेछन् । अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ । साप्ताहिक अफरहरू जस्तै स्माट बाच, ट्राभल प्याकेज र उडान टिकटमा १००% क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ । 

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु. ५०० वालेट ब्यालेन्स, १ जि वी डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ता का साथै के वाइ सी प्रमाणित गर्नुपर्ने छ।

नमस्ते पे  नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।