Live Streaming

परशुराम नगरपालिकाले ल्यायो ८० करोड ९५ लाख बजेट, चालू वर्षको पूँजीगत खर्च निकै कमजोर

धर्मराज भट्ट, काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ८० करोड ९५ लाख १२ हजारको बजेट ल्याएको छ। बिहीबार १३औँ नगरसभामा नगर उप-प्रमुख विमला कुमारी बोहरा(महता) ले राजश्व र व्ययकाे अनुमानित विवरण प्रस्तुत गरेकी हुन् ।  

जसमध्ये आर्थिक विकासतर्फ २ करोड ३० लाख, सामाजिक विकासतर्फ ३८ करोड ५३ लाख ६१ हजार, सामाजिक सुरक्षातर्फ १४ करोड ९३ लाख, पूर्वाधार विकासतर्फ १२ करोड १७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ९ करोड ९३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३० लाख तथा वडागत हार्यक्रम शिर्षकमा २ करोड ७७ लाख २० हजार विनियोजन गरिएको छ। नगरपालिकाको आम्दानीतर्फ आन्तरिक आयबाट २ करोड उठाउने लक्ष्य राखिएको छ ।  

संघ सरकारमार्फत राजश्व बाँडफाँड (अनुमानित) १३ करोड ७ लाख, सुदूरपश्चिम प्रदेशबाट प्राप्त हुने राजश्व बाँडफाँड ४० लाख ६५ हजार, वित्तिय समानीकरण अनुदानमार्फत ११ करोड ३७ लाख र सुदूरपश्चिमबाट वित्तिय समानीकरण अनुदान ९६ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा ३६.९३ प्रतिशत पुँजीगत खर्च गरेको छ। चालू वर्षका लागि नगरपालिकाले पूँजीगततर्फ २० करोड ५३ लाख ३२ हजार विनियोजन गरेकोमा जेठ मसान्तसम्म ७ करोड ५८ लाख ४९ हजार खर्च गरेको छ।  चालुतर्फ भने ६२.०५ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षमा चालुतर्फ ५४ करोड ९१ लाख ८४ हजार विनियोजन भएकोमा जेठ मसान्तसम्म ३४ करोड ७ लाख ८६ हजार खर्च गरेको छ।