Live Streaming

फोनेपेले आफ्नो नेट्वोर्कमा नमस्ते पेलाई गर्यो आबद्द

काठमाडौँ । नेपालकोअग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्टवालेट  ‘नमस्तेपे’ बीचफोनपेक्यु आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ । 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा फोनपे र नमस्ते पेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । यो सम्झौता सँगै, सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपाल भरका १२ लाखभन्दाबढी फोनपेमर्चेन्टहरूमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु आरभुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षर पछि कार्यक्रममा बोल्दै फोन पेका प्रमुख कार्यकारीअधिकृत दिवस कुमार सापकोटा ले “फोनपे को नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्ते पे प्रयोगकर्ताहरूले फोनपे क्यु आर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्य ले डिजिटल भुक्तानी लाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।”

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधा जनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको छ । नमस्ते पे सँगको साझेदारीले, हाम्रा ग्राहकहरू लाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ ।

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्ते पेका प्रमुखकार्यकारी अधिकृत प्रविणराज पोखरेलले ,“फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाखभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । 
हामी  हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ ।  यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चितगर्दछ ।”