Live Streaming

सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच सभापति चयन गर्ने सहमति

काठमाडौँ । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ ।

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भएको छलफलमा चाँडै  संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपश्चात सभामुख घिमिरेले जतिसक्दो चाडो टुंगो लगाउने सहमति भएको जानकारी दिनुभयो । 

उहाँले संसदीय गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउने बारेमा पनि छलफल भएको बताउनु भयो । यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पनि छिटोभन्दा छिटो सभापति चयन गर्ने भन्ने सहमति भएको जानकारी दिनुभयो ।

यस अगाडिको सहमति अनुसार नै दलहरुले समितिमा सभापति पाउनेछन । संसदीय समितिका सभापति चयनमा देखिएको गाँठो फुकाउन सभामुख घिमिरेले पहल थाल्नु भएको हो ।