Live Streaming

मुक्तिनाथ विकास बैंकको सामाजिक प्रयास : मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै सन्दर्भमा सामाजिककार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमायस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।

बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्दनिगाहपूर अस्पताल , गजेन्द ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ ।

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिकप्रयास अघि गर्दै, उक्त अस्पतालमा आउनुहुने बिरामीहरुलाई केही राहतपुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट मुक्तिनाथविकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथगर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । 

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहजकर्जा”योजना अन्तर्गत रु २ करोड सम्मको कृषीकर्जा, सानातथा मझौला व्यवसायकर्जा, घर निर्माण खरिद कर्जा, अटो तथा हायर पर्चेज कर्जा, शेयर कर्जा, शैक्षिककर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्र सर्वशुलव व्याजदरमाकर्जा प्रदान गर्दै आईरहेको छ र इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कलगर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदनदिन सक्नेछन् ।