Live Streaming

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. बीच सम्झौता

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. बीच सम्झौता भएको छ । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले काठमाडौं वडा -११, त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. ले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने  छन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।