Live Streaming

बृहत मेण्टर्शिप र सपोर्ट कार्यक्रम मार्फत नेपालमा महिला उद्यमीहरूलाई सशक्तिकरण गर्दै

काठमाडौँ । नेपाल– कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रा लिमिटेड सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम “सक्षम” को एक महत्वपूर्ण भाग हो, र यसले नेपालमा महिलाहरुद्वारा संचालित स्टार्टअपहरू र सम्भावित स्टार्टअपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ, जसले कोका–कोलाको मूल्य शृङ्खलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्दछ ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको थियो । आवेदकहरूबाट आठ फाइनलिस्टहरूलाई वहाँहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो ।

यी फाइनलिस्टहरुमा केहिक्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन् ।

कार्यक्रम सुरु गर्नको लागि, जुन ११, २०२३ मा एक ओरीयेण्टेसन सेसन आयोजित गरिएको थियो, जसले फाइनलिस्टहरुलाई आफ्नो यात्रामा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्यो । सहभागीहरूलाई त्यसबेलादेखि वहाँहरूको उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानको साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरु आयोजना गरिएको छ ।

फाइनलिस्टहरूले सम्मानित स्पिकर र सल्लाहकारहरूको नेतृत्वमा सेसनहरूमा भाग लिने सुअवसर पाउनुभएका छन्, जसमा लैङ्गिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरू समेटिएको छ ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थी भन्छन्, “यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ । यी महत्वाकांक्षी युवा महिला उद्यमीहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर, हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौं जसले उनीहरूको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान र्पु याउँछ ।”

कार्यक्रमको अवधिभर, सहभागीहरूले नेपालका सफल महिला उद्यमीहरूसँग संलग्न हुने र सिक्ने अनौठो अवसर पाएका छन् आदरणीय अतिथि वक्ताहरुमा प्रसन्न बस्नेत (सहसंस्थापक, कटन मिल नेपाल), हौशाला थापा गुरुङ (हौशाला क्रिएटिभ्स), डा मनु कार्की (इको साथी नेपाल), सुजाता श्रेष्ठ (घाघर र एम एण्ड एस) लगायतले युवा महिलाहरूलाई उनीहरूको उद्यमशील यात्रामा थप उत्प्रेरित र सशक्त बनाउँदै आ–आफ्ना प्रेरणादायी कुराहरु कथाहरू र अन्तर्दृष्टिहरू साझा गरेका थिए ।

लिङ्ग, नेतृत्व र जनस्वास्थ्य विज्ञ डा मधुरिमा भद्रा भन्नुहुन्छ, “मार्जिनलाइज्ड व्यक्तिहरू, विशेष गरी नन–बाइनरी व्यक्तिहरू र यौनकर्मीहरूका लागि सीमित अवसरहरू छन् । यी युवा महिलाहरू अहिलेबाट नै यो विशेष समूहको व्यक्तिहरूको बारेमा सोचिरहेका र एक समावेशी वातावरणमा उनीहरूका लागि अवसरहरू प्रदान गर्ने योजना गरिरहेका देखेर म धेरै उत्साहित छु।” हप्तौंको गहन प्रशिक्षण र सल्लाहकारिता पछि, फाइनलिस्टहरू अब वहाँहरूको अन्तिम पिचको तयारीको अन्तिम चरणमा हुनुहुन्छ ।

अगस्टमा वहाँहरूका नवीन विचारहरू र व्यापारिक योजनाहरू तीन कुशल एक्स्पर्टहरु सम्मिलित एक प्रतिष्ठित जूरी समक्ष प्रस्तुत गरिनेछ । टप थ्री सहभागीहरूमा प्रत्येकलाई रु १००,००० (एक लाख) को नगद पुरस्कार प्रदान गरिनेछ, जसले वहाँहरूलाई आफ्नो उद्यमलाई गति दिन र वहाँहरूको लक्ष्यको नजिक पुग्न महत्त्वपूर्ण प्रोत्साहन प्रदान गर्नेछ ।

“युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमका सहभागीहरूले देखाएको उल्लेखनीय प्रगति र दृढ उत्साह देख्न पाउँदा हामी अविश्वसनीय रूपमा उत्साहित छौं । नेपालमा महिला सशक्तिकरण गर्ने हाम्रो प्रतिबद्धताले यस वर्ष यस कार्यक्रम मार्फत १०००ं+ महिलाहरूलाई तालिम जारी राख्न प्रेरित गर्दछ । नेपाली महिलाहरूको पोटेन्सियल र रिसिलियेंसले हाम्रो विश्वासलाई सुदृढ बनाउँछ र हामी थप महिलाहरुका उद्यमशीलताको यात्रालाई तीव्रता दिन चाहन्छौं ।”

बोटलर्स नेपालका म्यानेजिङ्ग डाईरेक्टर श्री दीपक सेन्थिल नाथले भने ।  सक्षम नेपालको उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि कोका–कोला नेपालको प्रतिबद्धताको प्रमाण हो। यस कार्यक्रम एटेलियर प्लेटफर्म प्रा लिमिटेड, उद्यमशीलताको विकास र इ