Live Streaming

क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सहकार्यमा क्लिनिक वानमा दोभाषे व्यवस्था

काठमाडौँ । श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि केन्द्रीत गरेर क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धमा सम्झौता भएको छ ।

यस मार्फत अपांगता भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग सही परामर्श लिन सक्नेछन् । साथै, उनीहरुले क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत छुट, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट, औषधि र खोपमा १० प्रतिशत छुट, संघको सिफारिस पत्र लिएर आएमा क्लिनिक वानको सेवामा १०० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । क्लिनिक वानले यो सेवा ६ वर्षअघिदेखि सुरु गरेको थियो ।

तर, दोभाषे नहुँदा र सम्बन्धित ठाउँमा जानकारी नपुग्दा राम्रोसँग यो सेवा संचालन गर्न गाह्रो भएको थियो । तर, अहिले ती समस्यालाई सम्बोधन गर्दै यो सेवा संघको सहयोगार्थ संचालन गरिएको बताइएको छ ।

यसको उद्देश्य भनेको सुनाइ सम्बन्धी अपांगता भएकाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ । त्यसबाहेक भिडियो, लेखहरुबाट जनचेतना अभिवृद्धि गर्नु, यो क्षेत्रमा लागेकाहरुका लागि रोजगारीको अवसर सिर्जना गर्नु र उनीहरुलाई तालिम प्रदान गर्नु रहेको छ ।

वि.सं. २०७२ सालमा विश्वस्तरीय गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका लागि ललितपुरको जावलाखेलमा क्लिनिक वान स्थापना भएको हो । ८ वर्षदेखि क्लिनिक वानले विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा उच्चस्तरको सुविधायुक्त वातावरणमा सहज रुपमा बिरामीलाई उपलब्ध गराउँदैं आएको छ ।

फराकिलो ठाउँ, अत्याधुनिक सेटअप, डाक्टर कुर्नु नपर्ने वातावरण, बिरामीलाई प्रशस्त समय, हाइजिन विशेष ध्यान, वडे सिटदेखि हरेक कुरामा नवीनता क्लिनिक वानका खास विशेषज्ञता हुन् । २ वर्षदेखि क्लिनिक वानले भक्तपुरमा पनि आफ्नो शाखा विस्तार गर्दै सेवा दिन थालेको छ ।

अहिले क्लिनिक वानबाट ३ दजर्न बढी विशेषज्ञ चिकित्सकहरुलेबिरामीलाई सेवा दिदैं आएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत क्लिनिक वानले सामाजिक सेवामा क्षेत्रमा पनि आफूलाई अग्रसर गराउँदैं आएको छ । अहिले अस्पताल तथा क्लिनिकहरुमा समाजमा श्रवशक्ति नभएका, श्रवणशक्ति गुमाएका र सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको उपचारमा सहजता छैन ।