Live Streaming

भानु जयन्ती महोत्सव : सर्वोत्कृष्ट कवि संयोग वस्याल सहित भट्टराई र शर्मा पुरस्कृत


काठमाडौँ । २१०औँ भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले भानु कविता महोत्सवको पुस्तक विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कर्पुरेट हाउस तिनकुनेमा आज आयोजित एक कार्यक्रमका बिच २०९औँ भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको जलवायु परिवर्तन विशेष भानु जयन्ती महोत्सव कविता वाचन कार्यक्रमका सर्वोत्कृष्ट कवि संयोग वस्याललाई १ लाख पुरस्कार राशी सहित प्रमाण पत्र र खादाले सम्मान गरिएको हो ।

त्यसैगरी उप विजेताहरू कल्पना भट्टराई र शुशिला शर्मा धमलालाई पुरस्कार राशी १० र १० हजार सहित प्रमाणपत्र र खादाले सम्मान गरिएको हो । उहाँहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सम्मान गर्नुभएको थियो ।

कविता वाचन कार्यक्रमको निर्णायकका रूपमा डा बम बहादुर लेकाली, डा मित्र बन्धु पौडेल, प्रभा भट्टराई आचार्य र भीष्म उप्रेती रहनुभएको थियो । कार्यक्रममा भानु कविता महोत्सवमा सहभागीहरूको कविता संकलन गरि तयार पारिएको पुस्तक लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रमको सभापतित्व अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले गर्नुभएको थियो । कार्यक्रम बोल्दै अध्यक्ष थापाले आफू कविता लेख्न नजान्ने र सुन्न अत्यन्तै रूचाउने पात्र भएको बताउनुभयो ।

उहाँले बिजेता कविहरूलाई बदाइ व्यक्त गर्दै आगामी दिनमा पनि अन्नपूर्ण मिडिया नेटवर्कले साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउन भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो ।

उहाँले अन्नपूर्ण मिडियाले साहित्य संगित खेलकुद सँगसँगै जनतालाई विभिन्न माध्यमबाट सु सुचित बनाउँदैँ अगाडि बढिरहेको समेत बताउनुभयो ।

त्यस्तै, अन्नपूर्ण मिडिया नेटवर्कका सिइओ सनत न्यौपानेले भानु कविता महोत्सवलाई अन्नपूर्ण रेडियोले विगतका वर्षमा जसरी अगाडि लगेको र यस वर्ष यसलाई निरन्तर दिन असमर्थ भएकोमा दुख व्यक्त गर्दै आगामी बर्षहरूमा यसलाई निरन्तर दिने बताउनुभयो ।

उहाँले अन्नपूर्ण मिडियाले कला साहित्य संगित खेलकुद सहित विभिन्न क्षेत्रलाई एकसाथ अगाडि बढाइरहेको भएउदैँ अरू मिडिया हाउसहरूले साहित्यलाई पर सारेको बताउनुभयो ।

साथै कार्यक्रमका निर्णायक बम बहादुर थापा लेकालीले पृथ्वी नारायण शाहले देशको एकीकरण गरेता पनि भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले साहित्य जगतलाई आजको स्थानसम्म पुर्याउन आचार्यको महत्त्वपूर्ण योगदान रहेको समेत बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, सिइओ सनद न्यौपाने, अन्नपूर्ण रेडियोका स्टेसन म्यानेजर शिरोमणि दवाडी, सम्पादक भुपाल लुईटे
काठमाडौँ । २१०औँ भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले भानु कविता महोत्सवको पुस्तक विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कर्पुरेट हाउस तिनकुनेमा आज आयोजित एक कार्यक्रमका बिच २०९औँ भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको जलवायु परिवर्तन विशेष भानु जयन्ती महोत्सव कविता वाचन कार्यक्रमका सर्वोत्कृष्ट कवि संयोग वस्याललाई १ लाख पुरस्कार राशी सहित प्रमाण पत्र र खादाले सम्मान गरिएको हो ।

त्यसैगरी उप विजेताहरू कल्पना भट्टराई र शुशिला शर्मा धमलालाई पुरस्कार राशी १० र १० हजार सहित प्रमाणपत्र र खादाले सम्मान गरिएको हो । उहाँहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सम्मान गर्नुभएको थियो ।

कविता वाचन कार्यक्रमको निर्णायकका रूपमा डा बम बहादुर लेकाली, डा मित्र बन्धु पौडेल, प्रभा भट्टराई आचार्य र भीष्म उप्रेती रहनुभएको थियो । कार्यक्रममा भानु कविता महोत्सवमा सहभागीहरूको कविता संकलन गरि तयार पारिएको पुस्तक लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रमको सभापतित्व अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले गर्नुभएको थियो । कार्यक्रम बोल्दै अध्यक्ष थापाले आफू कविता लेख्न नजान्ने र सुन्न अत्यन्तै रूचाउने पात्र भएको बताउनुभयो ।

उहाँले बिजेता कविहरूलाई बदाइ व्यक्त गर्दै आगामी दिनमा पनि अन्नपूर्ण मिडिया नेटवर्कले साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउन भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो ।

उहाँले अन्नपूर्ण मिडियाले साहित्य संगित खेलकुद सँगसँगै जनतालाई विभिन्न माध्यमबाट सु सुचित बनाउँदैँ अगाडि बढिरहेको समेत बताउनुभयो ।

त्यस्तै, अन्नपूर्ण मिडिया नेटवर्कका सिइओ सनत न्यौपानेले भानु कविता महोत्सवलाई अन्नपूर्ण रेडियोले विगतका वर्षमा जसरी अगाडि लगेको र यस वर्ष यसलाई निरन्तर दिन असमर्थ भएकोमा दुख व्यक्त गर्दै आगामी बर्षहरूमा यसलाई निरन्तर दिने बताउनुभयो ।

उहाँले अन्नपूर्ण मिडियाले कला साहित्य संगित खेलकुद सहित विभिन्न क्षेत्रलाई एकसाथ अगाडि बढाइरहेको भएउदैँ अरू मिडिया हाउसहरूले साहित्यलाई पर सारेको बताउनुभयो ।

साथै कार्यक्रमका निर्णायक बम बहादुर थापा लेकालीले पृथ्वी नारायण शाहले देशको एकीकरण गरेता पनि भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले साहित्य जगतलाई आजको स्थानसम्म पुर्याउन आचार्यको महत्त्वपूर्ण योगदान रहेको समेत बताउनुभयो ।ल लगायत पुरस्कृत कविहरू, निर्णायक मण्डल तथा विभिन्न व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।