Live Streaming

दुसिट होटल्स एण्ड रिसोर्ट्सको काठमाडौँमा सेवा विस्तार

काठमाडौँ । दुसिट इन्टरनेसनल अन्तर्गतको दुसिट होटल्स एण्ड रिसोर्ट्सले काठमाडौँमा सेवा विस्तार गरेको छ । यही जुलाई १७ गतेबाट होटल्स एण्ड रिसोर्ट्सले सेवा दिन थालेको हो ।

दुसिट इन्टरनेशनल अन्तर्गतको दुसिट होटल्स एण्ड रिसोर्टस् दुसिट प्रिंसेस काठमाडौँको नेपालमा यो पहिलो प्रवेश हो । आरामदायी, उचित मूल्य र ग्राहकको सुविधालाई मध्यनजर गरेर होटल्स एण्ड रिसोर्टस्ले सेवा सञ्चालन गरिएको छ ।

थाइल्याण्डको होटल र सम्पत्ति विकास कम्पनीहरू मध्ये एक दुसिटबाट दरबार स्क्वायर, स्वयम्भूनाथ स्तुपा लगायतका पुराना मन्दिर परिसरहरू छोटो दूरीमा रहेका छन् । दुसिटले स्थानीय संस्कृति र वास्तुकलालाई प्रतिविम्बित गरेको जनाउँदै सोच विचार गरी डिजाइन गरिएको जनाएको छ।

होटलमा २८ देखि ६२ वर्ग मिटरसम्मका १ सय ७ आरामदायी कोठाहरू र १ सय ५९ वर्ग मिटरभन्दा माथिको प्रेसिडेन्सियल सुइटको साथमा थाई रेस्टुरेन्ट तथा विलासी स्विमिङ पुल लगायत विभिन्न सेवाहरू रहेका छन् ।

व्यापारिक समारोह, विवाह र अन्य विशेष कार्यक्रमका लागि दुसिट राम्रो विकल्प भएको उल्लेख गर्दै होटलमा ३५ जनादेखि २ सय ५० जना क्षमताका लागि जमघट तथा कार्यक्रमहरू गर्न सकिने होटल प्रशासनले जनाएको छ।

होटलले अपेक्षाभन्दा बढी र अनुभव प्रदान गर्ने उल्लेख गर्दै दुसिट प्रिन्सेज काठमाडौंका अध्यक्ष तेन्जिङ जोपा लामाले होटलको सेवाले ग्राहकलाई मायालु सम्झना छोड्ने बताए ।