Live Streaming

नेपाल क्यान्सर केयर फाउन्डेसनलाई जापान सरकारद्वारा म्यामोग्राफी मेसिन हस्तान्तरण

काठमाडौँ । नेपाल क्यान्सर केयर फाउन्डेसनलाई जापान सरकारको मानवीय सुरक्षा अनुदान आयोग कार्यक्रम  (GGP) अन्तरगत  जापान सरकारले म्यामोग्राफी मेसिन हस्तान्तरण गरेको छ । 

नेपालका लागि जनस्तरिय आयोजना तथा मानवीय सुरक्षा अनुदान आयोग कार्यक्रम (GGP) अन्तरगत जापान सरकारको सहयोगमा ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरको लागि म्यामोग्राफी मेसिन जडान गरिएको हो  । 

सन् २०१९ को अन्त्यमा परियोजना पूरा भएपछि हस्तान्तरण समारोह मार्च २०२० मा आयोजना गरिएपनि कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण स्थगित भएको थियो । सन् २०११ मा नेपाल क्यान्सर केयर फाउन्डेसन स्थापना भए पछि महिला क्यान्सर परीक्षण केन्द्रमा पाठेघर क्यान्सर र स्तन क्यान्सर परीक्षण सेवा प्रदान गर्दै आउनुका साथै ग्रामीण क्षेत्रमा क्यान्सर शिविर सञ्चालन गर्दै आइरहेको छ । 

कार्यक्रममा बोल्दै नेपालका लागि जापानीज राजदुत किकुता युताकाले, "हाल नेपालमा महिलामा हुने पाठेघर तथा स्तन क्यान्सर  दर उच्च रहेको बताउनुभयो ।" उहाँले नेपाल क्यान्सर केयर फाउन्डेसनमा परीक्षण सेवा मात्र नभई, सरकारी अधिकारीहरू र चिकित्साकर्मीहरूका लागि पनि महिलाहरूमा हुने क्यान्सर रोकथामको बारेमा ज्ञान फैलाउन प्रयास गरिरहेको बताउनुभयो । 

अर्कोतर्फ उहाँले उपकरण नहुदाँ यश केन्द्रमा स्तन क्यान्सरको सामान्य शारीरिक परीक्षण मात्रै हुने गरेको थाहा पाएर जापानको सहयोग मार्फत नयाँ म्यामोग्राफि उपकरण  उपलब्ध भए पछि यश केन्द्रमा स्तन क्यान्सर स्क्रिनिंगको उल्लेखनिय सुधार भएको बताउनुभयो । 

त्यस्तै कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै डा. सरिता घिमिरेले, नेपाल क्यान्सर केयर फाउन्डेसनले २५ हजारभन्दा बढि मानिसहरूमा हालसम्म क्यान्सर परिक्षण गरिसकेको बताउनुभयो । 

उहाँले हालसम्म, नेपाल क्यान्सर केयर फाउन्डेसनले ७१० जना महिलाको सफल उपचार गरिसकेको बताउनुभयो । उहाँले फाउन्डेसनले हालसम्म ६० वटा भन्दा बढि विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको बताउनुभयो । 

त्यस्तै, संस्थाका अध्यक्ष सुशील पन्तले, "क्यान्सर रोग महिलामा मात्र नभई पुरूषमा पनि हुने गरेको पाइएको बताउनुभयो । उहाँले प्रति १७०० जनामा क्यान्सर परिक्षण गर्दा २ जना पुरूषमा  क्यान्सर देखिएको बताउनुभयो ।" 

कार्यक्रममा नेपाल क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष सुशील कुमार पन्त, नेपालकालागी जापनिज राजदुत महामहिम किकुता युताका, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।