Live Streaming

वायुसेवा सञ्चालक संघद्वारा हवाइ सुरक्षा अभिवृद्धिको लागि ट्रान्सफोर्स समिति गठन

काठमाडौँ । नेपालको हवाई उड्डयनको वर्तमान अवस्था चुनौती तथा अवसरका विषयमा हवाई क्षेत्रका विज्ञहरू सँग छलफल गरिएको छ । वायुसेवा सञ्चालक संघले आज आयोजना गरेको कार्यशालामा हवाई उड्डयनको वर्तमान अवस्था चुनौती तथा अवसरका विषयमा हवाई क्षेत्रका विज्ञहरू सँग छलफल गरिएको हो । 

कार्यक्रममा विज्ञहरूले हवाई उडानका विषयमा छलफल गरेर मात्र नहुने र एकदम सम्वेदनशील क्षेत्र भएकाले यसको कार्यान्वयन तहमा पुर्याउनु पर्ने निकर्षमा पुगेको छ ।

साथै आओनले हवाइ सुरक्षा अभिवृद्धिको लागि ट्रान्सफोर्स समिति समेत गठन गरेको छ । संघले पूर्व पर्यटन सचिव यत्रप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय टाक्स फोर्स गठन गरेको हो । 

एक वर्षको अवधिमा चार दुर्घटना भएपछि दुर्घटनाको कारण, न्यूनीकरणका उपायसँगै हवाइ सुरक्षा अभिवृद्धिका लागि उक्त समिति गठन गरिएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताउनुभयो ।

उहाँका अनुसार समितिले मुलुकभर सञ्चालनमा रहेका एयरक्राफ्ट सञ्चालन विधि र प्रक्रियाहरूबारे  बुझ्ने र हवाइ उद्योग कति सुरक्षित छन् भन्नेबारे अध्ययन गर्नेछ ।

संघसँग आवद्ध रहेका सबै वायुसेवा कम्पनीहरूको सञ्चालन प्रक्रिया र विधिबारे समितिले अध्ययन गर्नेछ साथै अध्ययनका क्रममा देखिएका कमी कमजोरीमा समेत  छलफल हुने क्याप्टेन रामेश्वर थापालेले बताउनुभयो ।

हवाइ सुरक्षा अभिवृद्धि गर्न पूर्व पर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिमा क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र  नारायण बहादुर सिंह डंगोल रहनुभएको छ । समितिले एक महिनासम्म यसबारे अध्ययन गर्नेछ ।