Live Streaming

पेन नेपालद्वारा प्रकाशित पुस्तक विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । लेखकहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरनेशनल, नेपाल च्याप्टरद्वारा थाहा पुस्तकालयमा आयोजित एक समारोहकाबीच अङ्ग्रेजी संस्करणको आख्यान तथा गैह्र आख्यानात्मक लेख रचनाहरु सङ्ग्रहित ‘The Himalayan Heads’ नामक पुस्तकको विमोचन गरिएको छ ।

कार्यक्रममा प्रमुख वक्ता तथा समिक्षक डा. विधान आचार्यले पुस्तकमा सङ्गृहित लेख रचनाहरु आख्यान र गैह्र आख्यान सबै किसिमको रहेको हुँदा पुस्तक पठनीय रहेको बताउँदै लेख रचनाहरुले साहित्यमा नयाँ स्वाद पस्किएको बताउनुभयो । वरिष्ठ लेखक मञ्जुलले आफू कुनै समयमा पेन नेपालको संस्थापक सदस्य रहेको स्मरण गराउँदै साहित्यले सबैको भावनाको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

अर्का अतिथि हिरण्यकुमारी पाठकले विमोचित पुस्तकको गरिमा निक्कै भएको बताउनुभयो । हङ्गेरीका लेखक तथा विशेष अतिथि ओलिभर आफू उपत्यकाका विभिन्न स्कूलहरुमा स–साना स्कूले नानीहरूसँग साक्षात्कार गर्ने अवसर मिलेको र उनीहरुलाई उत्प्रेरणा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले जीवन स्वतन्त्र मान्न सके मात्र खुसी मिल्ने बताउनुभयो।

पेन नेपालका महासचिव भीष्म उप्रेतीले विमोचन कार्यक्रम संचालन गर्दै अंग्रेजी भाषामा लेखिएका रचनाले संसारभरका साहित्यकारलाई सम्बोधन गर्ने हुँदा पुस्तक अंग्रेजी भाषमा नै प्रकाशन गरिएको जानकारी गराउनुभयो। कार्यक्रमका सभापति प्रकाश ए राजले पेन नेपालको संस्थापक सचिवको हैशियतले पेन नेपालमा भित्रिएको र संस्थामा आबद्ध भएकै कारण विभिन्न देशहरुको साहित्यक भ्रमण गर्ने र नेपाली साहित्यको प्रचार गर्ने अवसर समेत मिलेको बताउनुभएको थियो ।

विमोचित उक्त पुस्तकमा अश्विनी कोइराला ‘सुन्दर थापा’, हिरण्यकुमारी पाठकको ‘रछ्यान’, कृष्ण बजगाईँको ‘लव अफ धरहरा’, मञ्जु काँचुलीको ९तिवारी० ‘दि डेमोन्स हाउस’ रामकुमार पाण्डेको ‘द गड स्टोन’, रुपसिंह भण्डारीको ‘यन अनकडोट अफ मदर ब्याट’, सुशिला देउजाको ‘द एक्सक्लुसिभ लव’, र शुष्मा चित्रकारको ‘वाइण्ड–चिम’ गरी जम्मा आठवटा आख्यान समाविष्ट छन् भने भीष्मराज फुलाराको ‘स्टोरी’ इज द पपुलर सेग्मेण्ट अफ नेपाली लिटरेचर’, भीष्म उप्रेतीको ‘अइसालकिन इमानालिभा’, दामोदर पुडासैनी ‘किशोर’, को ‘अ टाउन टान्सग्रासिङ्ग वाल’, घनश्याम राजकर्णिकारको ‘लुम्बिनी : द वर्थप्लेस अफ लर्ड बुद्ध’, गोविन्दराज गिरी ‘प्रेरणा’, हेमाङ्गराज गिरीको ‘बारबरा एडम्स् इन माइ मेमोर’, किशोर बज्र बज्राचार्यको ‘अ डिस्कशन अल कन्ट्याम्पोररी बुद्ध फिलोशफी’, कृशु क्षेत्रीको ‘अ जर्नि विइथ मुक्त’, लालबहादुर भुजेलको ‘अ चेरिस्ड अडेसस’, डा. मित्रबन्धु पौडेलको ‘अन द लेजेण्डरी कन्ट्री फर योङ्ग पिपुल अफ त वेष्ट’, प्रकाश ए राजको ‘ग्रेटा राणाः याज अ राइटर’, रामदयाल राकेशको ‘गफुल एण्ड गोल्डेन इरा’, श्रीरामसिंह बस्नेतको ‘शर्ट बट ग्लोरियस लाइफ अफ पोइट मोतीराम भट्ट’, शुष्मा आचार्यको ‘टर्निङ पोइन्ट्स अफ चेन्ज’, टङ्क लम्सालको ‘द इरा अफ नन्दलाल’, र बिष्णुबहादुर सिंहको ‘स्त्राजुइज्या– फष्र्ट वल्र्ड इन रशियन ल्याङगवेज’, गरी १६ वटा गैह्र आख्यान लेख रचनाहरु समाविष्ट गरिएको छ 

कार्यक्रममा बमबहादुर थापा जिताली, विष्णुबहादुर सिँह, टङ्क उप्रेती, सुवाससिँह पराजुली, ज्योती जङ्गल, रुपसिँह भण्डारी, नन्दु उप्रेती, दिपक चौँलागाईं, देवेन्द्र केसी, भोजकुमार धमला, निलिमा मास्के श्रेष्ठ, शिरोमणि दवाडी, तीर्थराज भट्ट, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, विधान आचार्य, मञ्जुल र भीष्म उप्रेतीले कवितावाचन गर्नुभएको थियो ।