Live Streaming

आध्यात्मिक तथा सामाजिक अभियन्ता मोहनजीको काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम

काठमाडौँ । आध्यात्मिक तथा सामाजिक अभियन्ता मोहनजीले काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम गर्नुभएको छ । गत बुधबार मोहनजी फाउण्डेशनले राजधानीमा पहिलो सार्वजनिक सत्संग आयोजना गरेको हो ।

८० जना भन्दा बढी आध्यात्मिक रुचि भएका व्यक्तिहरु सहभागी भएको कार्यक्रममा मोहनजीले प्रवचन दिनुभएको थियो । कार्यक्रममा अतिथिहरुको स्वागत लगत्तै मोहनजी को सामान्य परिचय, उहाँले संसारमा गरेका कामहरु, कार्यक्रमहरुका साथै मोहनजी फाउण्डेशन का प्लेटफर्महरू को बारेमा जानकारी गराइएको थियो ।

“मनको शुद्धतारपावर अफ प्युरिटी“ नामक ध्यान बिधि गराइएको थियो । मोहनजीलाई नेपाली ढाका टोपी का साथ प्रतिभाशाली गायक सम्राट न्यौपानेले कबीर भजन प्रस्तुत गरेर हलमा स्वागत गर्नुभएको थियो । मोहनजीले आफ्नो आध्यात्मिक यात्राको बारेमा जानकारी दिदै आफु हिड्ने मार्ग राजयोगको बारेमा प्रष्ट पार्नुभएको थियो ।

साथै मोहनजीले सबैजना उपस्थित हुनुको कारण भगवान शिवले उनीहरूलाई यहाँ ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी यस जीवनमा पहिलो पटक व्यक्तिगत रूपमा भेट भयता पनि हामी पहिले देखि सँगै थियौं’ । सहभागीहरुले आफ्नो जीवन मा आइपरेका समस्या तथा खुलदुली बारे जिज्ञासा गरेका थिए ।

सत्संगको क्रममा मोहनजीले आध्यात्मिक जीवनमा आत्म–स्वीकृति र जागरूकताको महत्वबारे प्रकाश पार्नुभयो । सही मार्ग, साक्षी–हुड, र ईश्वर–प्राप्तिको बारेमा धेरै प्रश्नहरूको उहाँले जवाफ दिनुभयो । कार्यक्रमको मोहनजी नेपाल फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण गरिएको थियो । मोहनजी नेपालमा “फ्रुट्स ट्रि प्लान्टेसन ड्राईभ” अभियान अन्तर्गत दक्षिणकालि र थानकोट वरिपरी ४० वटा फलफुलका बिरुवाहरु रोप्ने कार्यक्रम छ ।