Live Streaming

सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न

काठमाडौँ । विगत २५ वर्षदेखि गुणस्तर शिक्षामा कटिबद्ध चावहिलको सेन्ट लरेन्स कलेजले अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय नाच घर जमलमा आयोजित अभिमुखिकरण तथा परामर्श सँगसँगै कलेजले नव आगन्तुक विद्यार्थीहरूलाई कलेजकका बारेमा जानकारी सहित कक्षा ११ मा स्वागत गरेको हो ।

कार्यक्रममा सभापतिका रूपमा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगाल रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान रहनुभएको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाईं, काठमाडौँ महानगरपालिका वडा -७ का वडाअध्यक्ष विमल कुमार होडा, मोटिभेस्नल स्पिकर रविन कटुुवाल लगायतका अतिथि रहनुभएको थियो भने, कलेजका विभिन्न तह र तप्काका शिक्षक, शिक्षिका, अभिभावक, कक्षा ११ का नवआगन्तुक विद्यार्थी सहित विभिन्न व्यक्तिहरूको कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रमको समुद्घाटन पानसमा दीप बालेर प्रमुख अतिथि तथा अतिथिहरूबाट गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रवन्ध निर्देशक तारा प्रसाद सुवेदीले नयाँ शैक्षिकसत्रमा प्रवेश गरेकोमा सबै बिद्यार्थीहरूलाई बदाई ज्ञापन गर्नुभयो । उहाँले सेन्ट लरेन्स कलेजमा आफ्नो भविष्य निर्माणार्थ प्रवेश गरेका विद्यार्थीहरूले सहि गन्तव्य रोजेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरूलाई आफ्नो बिचार राख्ने अवसर प्रदान गरिएको थियो । त्यसमध्ये सिर्जना ज्योतिले, आफुलाई एक वर्ष अगाडि यश कलेज आउँदा अब के गर्ने कसरी अगाडि बढ्ने भन्ने कुरामा लक्ष्य निर्धारण नभएको र अहिले ढृण लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा शिक्षकहरूको प्रतिनिधितब गर्दै नानिकाजी खड्का आफ्ना भनाईहरू राख्नुभएको थियो ।

कक्षा ११ मा सेन्ट लरेन्स प्रवेश गरेका विद्यार्थीहरू सिर्जना श्रेष्ठ, गंगा पुरी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अतिथि काठमाडौँ महानगरपालिकाका शिओा विभाग प्रमुख यमनाथ चौलागाईंले सेन्ट लरेन्स कलेज पछिल्लो समय उत्कृट विद्यार्थीहरू उत्पादन गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कामपा -७ का वडाअध्यक्ष विमल कुमार होडाले शैक्षिक थलोको सम्मान गर्न र त्यसबाट नयाँ पाठ सिक्न विद्यार्थीहरूलाइ आग्रह गर्नुभयो ।

प्रेरक तथा उत्प्रेरक बक्ताले १ घण्टा लामो करियर काउन्सिलिङ प्रोग्राम अर्थात् जीवनमा आवश्यक पर्नु ज्ञानहरू प्रदान गर्दै विद्यार्थीहरू भोलिको पाइलट, डक्टर तथा विभिन्न तह र तप्कामा पुगेको देख्न पाइने बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनले विद्यार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा तराई पहाड र हिमाल झल्कने विभिन्न नृत्यसहितको सांगीतिक प्रस्तुति रहको थियो ।

सेन्ट लरेन्स कलेजका प्रधानाध्यापक पुरूषोत्तम महर्जनले, जिन्दगीकोको नयाँ यात्रा तय गर्दै गरेको र यसका लागि सेन्ट लरेन्स कलेजमा आएका विद्यार्थीहरूलाई स्वागत गर्दै उहाँले विद्यार्थीहरूको उज्यालो भविष्य निर्माणार्थ कलेज सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रमको अन्त्य गर्दै सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले, विद्यार्थीहरूलाई स्वागत गर्दै सेन्ट लरेन्समा जस्तोसुकै प्रतिभा आए पनि त्यसलाई कलेजले प्राथमिकतामा राखेर अगाडि बढाउने गरेको बताउनुभयो । उहाँले, अरू कलेजको तुलनामा सेन्ट लरेन्स कलेज दाज्नु कुनैपनि कुरामा उपयुक्त नहुने बताउनुभयो । उहाँले उपयुक्त शिक्षा सँगसँगै विद्यार्थीको भविष्य निर्माणार्थ यश कलेजले उपयुक्त वातावरण प्रदान गर्ने बताउनुभयो ।

कलेजले उत्कृष्ट १० वटा कलेजभित्रका विद्यार्थीहरूको क्लबलाई स्वागत तथा व्याज वितरण गरेको गरेको छ । कार्यक्रममा कक्षा ११/१२ तर्फका विद्यार्थीहरूले सांगीतिक नृत्य तथा नाटक प्रस्तुत समेत गरेका थिए । कार्यक्रममा कलेज भित्रका नीति नियम सँगसँगै आगामी साउन २४ गते बुधबारदेखि कक्षा ११ को नयाँ कक्षा शुरूवात हुने कलेजले जनाएको छ ।

प्रदेशस्तरमा समेत उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित कलेजले कक्षा ११\१२ तर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।