Live Streaming

खंचुवा ग्रुपद्वारा असहाय, अशक्त, अपांग र बिरामीलाई सहयोग

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा आधारित महिलाहरुको एक समूह “खन्चुवा ग्याङ” ले नेपालका विभिन्न आश्रमका बृद्धबृद्धा र बालआस्रमलाई सहयोग गरेको छ ।

घरमा आफूले पकाएका परिकार साथीहरुसँग सेयर गरेर रमाइलो गर्ने भन्दै ४ वर्ष अघि रेनुका खरेल र प्रभा अधिकारी ले सुरु गरेको समूहमा हाल देशविदेशका करीब ८ हजार पाँच यस सदस्य छन् ।

सदस्यहरुको एक दिनको खाजा खर्च बापतको रकम संकलन गरी नेपालका विभिन्न स्थानका आश्रममा बसिरहेकाहरुलाई एक छाक खाना, लत्ता कपडा र खाद्यसामग्री सहयोग गरेको समूहकी एड्मिन प्रभा अधिकारीले बताइन् ।

समूहले हालसम्म भत्तपुरस्थित मानव सेवा आश्रमका ५० जना बृद्धबृद्धा, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रका ४० जना, विराटनगरस्थित मानव सेवा आश्रमका १२० जना चितवनस्थित सिद्धि छात्रावासमा रहेका ६५ जना चेपाङ समुदायमा बालबालिकालाई सहयोग गरेको छ । 

साथै, गोगंबुस्थित हिमालयन बुद्ध आश्रम ४९ जना र भैरहवाको श्री सत्य शाइ बृद्धाश्रममा १२ जना अपांग पुनर्स्थापना केन्द्र गोकर्ण चाहिने खाध्य सामाग्री सहयोग गरिएको कुरा अधिकारीले बताईन् ।

समूले सदस्यहरुबाट संकलन गरेको एक लाख पचाँस हजार रुपैयाँ बराबरको सहयोग गरिरहेको हो । समूहको एड्मिनमा अधिकारी, हङकङ निवासी रेनुका खरेल त्यस्तै, मोडरेटर लिना अर्याल र इन्दिरा सुवेदी छन् ।