Live Streaming

प्रशान्त शर्माको 'ईरा' विमोचन

काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास 'ईरा' विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो । 

विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामुहिक रूपमा पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले, "लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताउनुभयो ।" समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेख्नुभएको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उहाँले बताउनुभयो । 

त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले, "शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताउनुभयो ।" उहाँले, पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताउनुभयो । 

अभिनेत्री लक्ष्मी बर्देवाले, "लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताउनुभयो ।"

उहाँले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्ने समेत बताउनुभयो । 
कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताउनुभयो । 

उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गर्नुभएको हो भने, पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो । कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४२५ रहेको छ । शर्माको पहिलो उपन्यास 'रूखहरूको मृत्यु' बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गर्नुभएको थियो ।