Live Streaming

ब्रोडवे इन्फोसिस 'एसोसीयो एड-टेक' अवार्डबाट सम्मानित

काठमाडाैँ । सूचना प्रविधि क्षेत्रको अग्रणि आइटी प्रशिक्षण संस्थाको रुपमा प्रसिद्ध ब्रोडवे इन्फोसिस प्रा.लि एसोसीयो एड-टेक अवार्डबाट सम्मानित भएको छ । दक्षिण कोरियाको सियोलमा आयोजित एक  समारोहका बिच  ब्रोडवे यस वर्षको एसोसीयो एड-टेक अवार्डबाट सम्मानित भएको हाे । 

उक्त समारोहमा ब्रोडवे इन्फोसिसको तर्फबाट प्रवन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यावसाय विकास निर्देशक  उत्तम अधिकारीले सो सम्मान ग्रहण गर्नुभएको थियो । सूचना र संचार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनिय कार्य गरेको र असाधारण योगदान पुर्‍याए बापत  एशियन–ओसोनियन कम्प्यूटिङ्ग उद्योग संगठनद्वारा उक्त सम्मान प्रधान गरिएको हाे । एसोशियोमा एशिया प्रशान्त क्षेत्रका २४ अर्थ व्यवस्थाका संस्थाहरू आवद्ध रहेका छन ।

उक्त संस्थाले सूचना र संचार प्रविधिको क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्दै अएका संस्थाहरूलाई विभिन्न विधामा सम्मान गर्दै आईरहेको छ । यो सम्मानित अन्तराष्ट्रिय सम्मानले केवल आइटी शिक्षामा उत्कृष्ठताका लागि ब्रोडवे इन्फोसिस प्रतिवद्धतालाई मात्रै सम्मान नगरेर समस्त सदस्यहरूका अर्थव्यवस्थामा बढवा दिनका लागि महत्वपूर्ण भूमिका खेलेको तथ्यलाई प्रष्ट पारेको छ ।

पुरस्कर छनौट प्रक्रियामा नेपालको तर्फबाट प्रतिनिधित्वको भूमिका कम्प्यूटर एसोसियसन नेपालको रहेको थियो । यसका साथै वल्र्डलिंक कम्युनिकेशनसलाई पनि सोही समारोहमा डिजिटल ट्रान्सफरमेसन अवार्डले सम्मान गरेको थियो ।