Live Streaming

अभ्यास अदालत प्रतिष्पर्धामा उत्कृष्ट ३ विद्यार्थी पुरस्कृत

 

काठमाडौँ । नमूना अभ्यास अदालत प्रतिष्पर्धा कार्यक्रममा देशभरबाट ३ उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपद्वारा राजधानीमा आयोजित नमूना अभ्यास अदालत कार्यक्रमको समापन समारोहमा उत्कृष्ट ३ विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

ज्ञान पुञ्जले आयोजना गरेको २ दिने नमुना अभ्यास अदालत सेमिनार एवम् प्रतिष्पर्धा कार्यक्रममा प्रथम भएकी ननिता खत्रि, द्वितिय भएकी अनिता पाण्डे र तृतिय भएकी गंगा रिमाललाई प्रमाणपत्र प्रदान गरेको छ । प्रतिष्पर्धामा करिव ७० जना कानूनका विद्याथीहरु सहभागी रहेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले कानुन बिषयको पाठ्यक्रम अद्यावधिक गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष घिमिरेले समयानुल परिवर्तनको आवश्यकता औल्याउनुभयो । नयाँ पिढी आईटी र एमबिबिएस भन्दा कानून विषयमा अधिक आकर्षित हुन थालेको भन्दै उहाँले समयको माग अनुसार अघि बढ्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरि प्रसाद डुम्रेले कानून व्यवसायीहरुको पेशागत र व्यक्तित्व विकासका लागि गर्दै आएको क्षमता अभिबृद्धि कार्यक्रमले राष्ट्रको दक्ष जशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रले पनि प्रशिक्षण गर्नु भएकाे थियाे ।

यस्तै कार्यक्रममा न्यायाधिशको निर्णायक मण्डलीमा रहनुभएका उच्च अदालतका पूर्व न्यायाधिश अनन्त राज डुम्रे, विनोद मोहन आचार्य, अधिवक्ता बाबुराम दाहाल, बेगेन्द्र राज शर्मा पौड्याल, पुष्पराज बास्तोला लगायतले  सहभागि विद्यार्थीहरुलाई अधिवक्ताको कर्तव्य र अधिकारको विषयमा दृष्टिगत गराउनुभएको थियो ।