Live Streaming

लुम्बिनी एकेडेमीक फाउन्डेसनद्वारा ३१औँ अभिभावक दिवस सम्पन्न

काठमाडौँ । लुम्बिनी एकेडेमीक फाउन्डेसन ३१औँ अभिभावक दिवस सम्पन्न गरेको छ । आज आयोजित एक समारोहका बिच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा लुम्बिनी एकेडेमीक कलेजका संस्थापक लोकेश ढकालले, 'आफुहरू यस शैक्षिक संस्थाबाट महत्त्वपूर्ण योगदान पुर्याउन तत्पर रहेको उहाँले बताउनुभयो ।' त्यस्तै,  उहाँले कोभिडको समयमा लुम्बिनीको स्तरमा केही कमी आएपछि आफुहरू लयमा फर्किसकेको बताउनुभयो । उहाँले देशको राजनीति सहि तहबाट नहिडेको खण्डमा देशको प्रगति हुन नसक्ने बताउनुभयो । 

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा ७ का वडाअध्यक्ष विमल कुमार होडाले, ' यस वडामा ५० भन्दा बढि कलेजहरू रहेको र ४ वटा सामुदायिक विद्यालय रहेको बताउँदै लुम्बिनीले पुर्याएको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो ।' त्यस्तै, उहाँले सरकारी कामकाजको सहज पहुँचमा यहाँहरू सबैको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । 

त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य श्रीराम लामिछानेले, ' काठमाडौँको उत्तर पूर्वी क्षेत्रमा रहेर नयाँ प्रविधिको शिक्षा प्रदान गरेकोमा कलेज प्रति सर्हाननीय योगदान पुर्याएको बताउनुभयो ।' त्यस्तै, उहाँले शिक्षामा हामीले गुणात्मकता दिन नसकेको समेत बताउनुभयो । त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य सुरज चन्द लामिछानेले लुम्बिनीले  शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभयो । 

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, 'शिक्षा अहिले जटिल अवस्थामा रहेको बताउनुभयो ।' उहाँले, 'अहिले कुनै पनि कुरा सहि ढंगबाट नचलिरहेको समेत बताउनुभयो ।' त्यस्तै, उहाँले शिक्षा र राजनीति सबै कुरा ठिक नभएसम्म देशको विकास नहुने उहाँले बताउनुभयो ।

उहाँले शिक्षा विदेयकमा रहेका कुराहरू कतिपय कुराहरू तालमेल नमिलेको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल व्यवस्थापनका लागि पनि प्रयास हुन आवश्यक रहेको बताउदैँ उहाँले, बालबालिकाले सामाजिक सञ्जाल व्यवस्थापन कसरी गर्ने भन्ने कुरापनि रहन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले शिक्षा विदेयकका कुरा कतिपय मनन योग्य नरहेको उहाँले बताउनुभयो । उहाँले जनताले शिक्षा र स्वास्थ्य पाउनै पर्ने बताउनुभयो ।

त्यस्तै, लुम्बिनी एकेडेमीक कलेजका डाइरेक्टर अध्यक्ष रविन चन्द कोइराला वास्तवमा लुम्बिनी एकेडेमीले विकट ठाउँमा रहेका विद्यार्थीहरूलाई महत्त्वपूर्ण स्थान प्रदान गरेर शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले विद्यालयले बालबालिकाकाे वृद्धि विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

त्यस्तै, शिक्षा तथा भाषा साहित्यका क्षेत्रमा पर्याएको योगदानको कदर गर्दै कलेजले प्रा.डा. कुलप्रसाद कोइरालालाई सम्मान गरेको थियो भने, शिक्षक सम्मान १० कक्षासम्मबाट सात वर्षदेखि पढाउदै आइरहनुभएका स्कुल कोअडिनेटर सुवास कार्कीलाई सम्मान गरीएको थियो । त्यस्तै, कक्षा ११/ १२ तर्फबाट इकोनोमिक्स शिक्षक दिपक भुसाललाई पनि सम्मान गरिएको थियो । 

दुई सत्रमा बढिएको कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नर्सरी, एलकेजी देखि स्नातक तहसम्मका विद्यार्थीहरूले नृत्य सहित आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । लुम्बिनी एकेडेमीक कलेज पूर्वी भेगमा रहेर महत्त्वपूर्ण शिक्षा प्रदान गर्न कटिबद्ध कलेजका रूपमा रहेको छ । 

कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागीता रहेको थियो । लुम्बिनी एकेडेमी आइएसओ सटीफाइड कलेज हाे । उक्त कार्यक्रमको सञ्चालन लुम्बिनी एकेडेमी कलेजका प्राचार्य रविन भट्टराईले सञ्चालन गर्नुभएको थियो भने, कोअडिनेसन साजन दाहालले गर्नुभएको थियो ।