Live Streaming

गायिका सुम्निमाको 'तारा' गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सुम्निमाको `तारा´ गीत सार्वजनिक  भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमा को सङ्गीत रहेको छ ।

गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन् । भिडियोमा बिराज घिमिरेको सह-निर्देशन रहेको छ । बिकेश मगर र समन महर्जनको संयुक्त रूपमा छायांकन गरेको भिडियोको सम्पादन बिकेश, समन र सुम्निमाले गरेका हुन् ।

भिडियोमा रंग संयोजन बिकेश मगरले गरेका छन् । गीतमा सुमित तामाङ, रजिन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट् तामाङको नृत्य रहेको छ ।

सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको छ । सुम्निमाको यसअघि मन्नत लगायतका विभिन्न गीतहरू सार्वजनिक भईसकेका छन् ।