Live Streaming

'भक्तपुर म्युजिकल फेस्ट' आयोजना हुदैँ

काठमाडौँ । `मिड भक्तपुर म्युजिकल फेस्ट´आयोजना  हुने भएको छ । जोन एन्ड लोकलस् , सुशान्त घिमिरे एन्ड राघा, दि सर्माउन्ट नेपाल र अमेध्यं ब्यान्डहरुको प्रस्तुति रहने छ ।  

जेठ १९ गते हुने कार्यक्रम राधे राधे स्थित हेरिटेज प्यालेसमा हुने भएको हो ।   कार्यक्रम हेर्न चाहने दर्शकले अन्लाईन टिकट सञ्जाल मार्फत टिकट काट्न सक्ने छन्  । 

आफ्नो टिकटले कार्यक्रमको आयोजना गरेको हो । साथै सिद्दपोखरि स्थित होटल प्रिसा रुफटप रेस्टुरेन्ट, सुर्यबिनायक स्थित ड्यापरल्यान्ड  गार्मेन्ट फ्याक्ट्रि , प्रोजेक्ट हेड र म्युजिकली  नेपाल को पनि उत्तिकै सहभागिता रहने छ ।गायक  जोनका हावा जस्तै , फर्कन होला लगायत गीतहरू चर्चामा छन् भने सुशान्तका  मन चरी , जिन्दगी सरर गीतहरू हिट छन् ।